Dabali News

  • Ad

सातौँं राष्ट्रिय खेलकुदः नेपाली सेना र सशस्त्र प्रहरी भिड्दै

7th-national-game

१५ पुस

विराटनगर ।

जारी सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको उपाधिकाे लागि नेपाली सेना र सशस्त्र प्रहरी आज भिड्दै छन् ।

बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई आठ विकटले नै पराजित गरी उपाधिका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

बैजनाथपुरको खेल मैदानमा बिहीबारको खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाई एक सय ४४ रन बनायो ।

सेनाले विजयी लक्ष्य १८.३ ओभरमा दुई विकेट गुमाई पूरा गरेको थियो । सेनाका लागि सागर पुनले ४८ बलमा एक छक्का र सात चौका प्रहार गरी ५९ रन तथा अविजित रहेका अनिल मण्डलले ५४ बलमा ६ चौकाको मद्दतमा ६२ रन बनाए । बलिङतर्फ प्रहरीका मञ्जित श्रेष्ठ र दीपेन्द्र ऐरीले एक-एक विकेट लिए ।

यसअघि प्रहरीका लागि ब्याटिङ गर्ने क्रममा प्रेम तामाङले ३७ बलमा ४ चौकाको मद्दतमा ३५ रन तथा दिलीप नाथले २५ बलमा एक छक्का र तीन चौका हान्दै ३२ रन बनाए । बलिङतर्फ सेनाका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट तथा विक्रम सोव र चन्द्र साउदले दुई-दुई विकेट लिएका थिए ।

प्रशिक्षक र खेलाडीले भने–सातौँ राष्ट्रिय खेलकुदमा नक्कली खेलाडी खेलाइयो

काठमाडौं । हालै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वैधानिकतामाथि नै प्रश्न चिह्न खडा भएको छ । प्रतियोगितामा फर्जी खेलाडीलाई सहभागिता गराएको प्रशिक्षक र खेलाडीले बताउँदै छानविनको लागि माग गरेका छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्लचबा ६९ केजी तौल समूहमा बक्सिङ खेलमा सहभागिता...

मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाकाे जित

messi

काठमाडौँ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पहिलो...

साक्षी पाएपछि कप्तान धोनीले क्रिकेटलाई गरे बाईबाई

dhoni-sakshi

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीले राजीनामा दिएका छन् । उनले सन् २०१४ मा नै टेष्ट क्रिकेटबाट सन्यास लिईसकेका धोनीले वन डे र ट्वान्टी ट्वान्टी क्रिकेटको कप्तानबाट समेत बाहिरिएका छन् । इङ्ल्याण्डबिरुद्धको वन डे सिरिज सुरु हुन १० दिनमात्र...

आर्सनलले लगातर तीन गरेपछि हारबाट बच्याे 

arsanal

काठमाडौं । आर्सनलले लगातार तीन गाेल गरेपछि बर्नमाउथसँग हारबाट जाेगिएकाे छ ।  इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनललाई ३-० ले पछि पारेकाे थियाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खेलकाे ७० औं मिनेटमा अलेक्सीस सान्चेजको गोलमार्फत...