Dabali News

Ad

गुरुङ समुदायले तमू ल्होसार मनाउँदै

१५ पुस

काठमाडौं ।

गुरुङ समुदायले तमू ल्होसार मनाइरहेका छन् । आजको दिनलाई गुरुङ समुदायले वर्ग परिवर्तनको दिन भन्दै विशेष कार्यक्रम गरेर मनाउँदै आएको छ ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग परिवर्तनको दिनका रुपमा ‘तमु ल्होसार’ मनाइन्छ । तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतिक मानिने भएकाले शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाउने गरिन्छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा बिशेष रुपमा यो पर्व मनाइन्छ ।

ल्होसारको अवसरमा राजधानीस्थित टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।

यही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तमु समुदायमा उत्साह र उमङ्ग कायम गरी कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान र्पुयाउन तथा सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्दै शुभकामना दिएकी छन् । यसैगरी उपराष्ट्रपति, प्रधानमन्त्रीले पनि तमु ल्होसारको शुभकामना दिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]