Dabali News

  • Ad

यसोधाकाे मन कस्ताे छ ? भिडियो  हेर्नुहाेस् 

asodha-khaling-rai

१४ पुस

काठमाडाैँ ।
नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायीका यसोधा खालिङ राईको ‘मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।
शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कूलदेखि नै गायन क्षेत्रमा सक्रिय यसोधाले सन् २००६ मा पबिधान खालिङ राइको संगीतमा आफ्नो पहिलो साँगितिक कोसेली ‘यसोधा-१’ बजारमा ल्याएकी थिइन् ।
अमेरिका बसोबास गर्दै अाएकी गायीका यसोधा अमेरिका रहँदा पनि गायक जगदिश समाल तथा नरेन्द्र प्यासीबाट थप संगीत सम्बन्धित ज्ञान लिएकी थिइन । उनले अहिले ‘यसोधा-२’ को अन्तिम तयारीमा जुटेकी यसोधा यसै एल्बमकाे ‘मेरो मन’ गीतको भिडियो सार्वजनिक गरिएकाे हाे ।
अमेरिकामा बस्दै अाएका गायक, संगीतकार तथा गीतकारको पनि छबी बनाएका एन.बि. दाहालको संगीत र गीतकार गीता खत्रीको शब्द रचनामा तयार भएको गीतलाई फनिन्द्र राइले संगीत संयोजन गरेका छन् ।

नेपाली कलाकारसँग सम्बन्धित संस्था “आर्टिस्ट नेपाल नेटवर्क” अन्तर्गतको ‘आर्टिस्ट नेपाल प्रोडक्सन’को ब्यानरमा निर्माण भएको भिडियोमा मोडेल सम्पदा बानियाँ र योगेन्द्र राइ प्रस्तुत भएका छन् ।

अमृत सुनुवार तथा टिमको छायाँकन, नन्दा अधिकारीको मेकअप स्टाईल, भुवन लामाको कोरियोग्राफी रहेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन भने संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका छन् ।

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

बोक्सी कूप्रथाविरुद्धकाे चलचित्र ‘अग्निदहन’ सम्पादनमा 

boksi

काठमाडौँ । बोक्सा बोक्सी हुदैनन् र बोक्सा-बोक्सीको आरोपमा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सन्देश फैलाउने उद्देश्यले ‘राष्ट्रिय जागरण प्रतिष्ठान’ले बिगत केही बर्षदेखि कार्यक्रम गरिरहेकाे छ । बाेक्सीबारेकाे अन्धविश्वासविरुद्ध जनचेतना जगाउन ‘अग्निदहन’ चलचित्र ल्याउन लागेकाे छ । याे संस्थाले यसअघि ‘मान्छे बोक्सी हुन्न...

छक्कापन्जा पाइरेसी प्रकरणः दीपकराजकै ठूलाे स्वार

dipak-dipa-krishna

काठमाडाैँ । चलचित्र छक्कापन्जा पाइरेसीकै कारण अात्महत्या गरेका नवलपरासीका कृष्ण सुवेदीकाे पाेष्ट मार्टम रिपाेर्ट नअाउँदै दीपकराज गिरीले प्रहरीमा छानविनकाे लागि उजुरी दिएका छन् । छक्कापन्जका निर्माता गिरीकै धम्कीका कारण अात्महत्या गरेकाे अाराेप लागिरहेका बेला उनले शनिबार साे उजुरी दिएका हुन् । ‘जाे...

अज्ञात समूहकाे अाक्रमणमा परी गायक गाैतम घाइते 

basant

मलेसिया ।  गायक वसन्तराज गौतम अज्ञात समुहको आक्रमणबाट घाइते भएका छ्न । मलेसियाको क्वालालम्पुर कोतरायास्थित एक नेपाली रेष्टुरेण्टमा रहेका गौतममाथि आइतबार घरेलु हतियार प्रयोग गरी अाक्रमण भएकाे थियाे । अाक्रमणकारीकाे पहिचान हुन सकेकाे छैन् । भेरी गंगा म्युजिक प्रालीका प्रबन्ध निर्देशक समेत...