Dabali News

  • Ad

तामाकोशीको शेयर कार्यकर्तालाई नबाँड्न एमालेका तीन सांसदको चेतावनी

dolakha-samsad

काठमाडौं, १४ पुस ।

दोलखाका तीनजना एमाले सांसदले द्वन्द्व पीडितका नाममा तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङ, २ बाट निर्वाचित आनन्दप्रसाद पोखरेल र एमाले पोलिटव्यूरो सदस्य समेत रहेका सांसद पशुपति चौलागाईले माओवादीका पूर्व लडाकुलाई १२ अर्ब रुपैयाँको सेयर दिने तयारी भित्रभित्रै भइरहेको दावी गरे ।

एमालेका तीन सांसदले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीकै निर्देशनमा ११ अर्ब ८० करोड रुपैया निःशुल्क सेयरको रुपमा वितरण गर्ने कार्य भइरहेको बताए । प्रधानमन्त्रीबाटै देशको ऐन, कानुन र सेयर वितरण प्रक्रिया तथा सरकारी ऋण लगानीको प्रक्रिया विपरित राज्यको रकम कार्यकर्तालाई बाँड्ने प्रयास भएको उनीहरुको दाबी छ ।

प्रधानमन्त्रीले हालै तामाकोशी आयोजनाको भ्रमणका क्रममा पूर्व लडाकु, द्वन्द्व पीडित, सहीद तथा बेपत्ता परिवार र विपन्नलाई सरकारद्वारा विद्युत प्राधिकरणलाई लगानी गरेको रकम सेयरका रुपमा वितरण गर्ने प्रतिबद्धता गरे अनुरुप काम शुरु भएको सांसदहरुले दावी गरे ।

यदि बलजफ्ति तामाकोशीको सेयर द्वन्द्व पीडितका नाममा पार्टीका कार्यकर्तालाई बाँडिएमा कानुनी र जनदबाव दुवै प्रक्रिया अबलम्बन गर्न बाध्य हुने चेतावनी सांसदहरुले दिए ।

लोकमानपछि सचिव कार्कीमाथि विप्लव माओवादीको जनकारवाही

Arjun-karki

काठमाडौँ । भ्रष्टाचार गरेको भन्दै नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेको छ । माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कारवाही गरेको समाचार प्राप्त भएको छ । थप विवरण आउन बाँकी  छ ।...

एयरपोर्ट भन्सारका पूरै कर्मचारी फेर्न अर्थमन्त्रीको कडा निर्देशन

krishna-mahara1

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ...

भ्याट खारेजी र कमिशनकाे लागि सरकारलाई अल्टिमेटम !

gas

काठमाडौं । यहाँ आफूले चाहेको कमिशनको लागि सरकरसँग माग राखिन्छ । भ्याटका कारण रातारात पैसा कमाउन सकिएन भन्दै भ्याट खारेजीको माग हुन्छ । सरकार पनि उनीहरुका मागलाई जायज भन्दै सम्झौता गर्दै आएको छ । यसबाट सरकार र विचौलियालाई त फाइदा नै हुन्छ...

काठमाडाैँका मनि एक्सचेन्ज अनुसन्धान घेरामा

Money-Exchange

काठमाडाैँ । अवैध विदेशी मुद्रा सटही गरेकाे अशंकामा विभिन्न नाममा खुलेका मनि एक्सचेन्ज कम्पनीहरु प्रहरीकाे अनुसन्धानकाे घेरामा परेका छन् । यही माघ १ गते बरामद गरेको अबैध बिदेशी मुद्रा मनि एक्सचेन्जहरुबाट सटही भएको आशंकामा महानगरीय आपराध महाशाखाले त्यस तर्फ अनुसन्धान केन्द्रित गरेको हो । प्रहरीले...