Dabali News

  • Ad

लाेडसेडिङ अन्त्य अभियानमा सर्वाेच्चकाे अवराेधः प्राधिकरणका सञ्चालकलाई हटाउने कारण देखाउ अादेश

prabhakar-cort

१३ पुस

काठमाडौं ।

 सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउनु पर्ने कारण माग्दै ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

लोडसेडिङमुक्त गर्ने अभियानमा अवराेध गरेकाे भन्दै ऊर्जामन्त्रीले सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाउने निर्णय गरेका थिए ।

मन्त्रालयले ४ पुस गते गरेकाे निर्णयविरुद्ध लामिछाने पुस १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले  बुधबार साे अन्तरिम आदेश दिएको हो ।

कार्यपालिकाले गरेका राम्रा काममा पनि न्यायपालिकाले अवराेध गर्दै अाएकाे छ ।

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

ऊर्जामन्त्रीले भने-अब देशभर लोडसेडिङकाे अन्त्य

prabhakar

सन्धीखर्क । ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् । बिहीबार अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप उत्पादन र वितरणको कामलाई पनि सँगसँगै लगिने...

कर्णालीका सबै घर परिवारलाई हाईड्रोपावरमा एक लाख शेयरः ऊर्जामन्त्री 

prabhakar-1

काठमाडाैँ । ऊर्जामन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ कर्णालीका सबै घर परिवारलाई हाईड्राेपावरमा एक लाख शेर हाल्न पाउने प्रक्रिया अगाडि बढाइएकाे जानकारी दिएका छन् । साेमबार मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलन गरेर मन्त्रालयले हालसम्म गरेकाे काम र अागमी याेजना सार्वजनिक गरेकाे छ । ‘शेयर लगानी...

जिएमअारविरुद्ध विप्लव-वैद्य र माेहनविक्रम एकैसाथ खनिए

gmr

सुर्खेत । माथिल्लो कर्णाली जलविद्युत आयोजना देशको हितविपरीत भएको भन्दै तीन पार्टीले खारेजीकाे माग गर्दै सडक संघर्षमा उत्रेका छन् ।  नेकपा (माअाेवादी), नेकपा (क्रान्तिकारी माअाेवादी) र नेकपा (मसाल)ले संयुक्त रुपमा माथिल्लाे कर्णाली जलविद्युत अायाेजना खारेजीकाे अान्दाेलन अगाडि बढाएका छन् । तीन पार्टीले...