Dabali News

Ad

कर्णालीबाट हिमालपारीका स्याउबारीमा पुग्दा

भौगोलिक विकटताका बावजुद तथा अनेक अप्ठेरा बाटाहरु छिचोल्दै नेपालको अति विकट अञ्चल कर्णालीका स्याउ व्यावसायीहरुले हिमाल पारीका दुई जिल्ला भ्रमण गरे । फारमहरुको अवलोकनसँगै मनाङ र मुस्ताङसँगै मुक्तिनाथको दर्शन पनि गरियो । यो भ्रमणबाट कर्णालीका व्यवसायीहरुले धेरै कुरा देख्ने र सिक्ने अवसर पाएका छन् । यसलाई व्यवहारमा लागु पर्नुपर्छ । हिमाल पारीको व्यावसायीकता, प्राकृतिक सुन्दरता, तथा साधन श्रोतको सदुपयोग, स्थानीयको सामुहिक सहभागिता हेर्न लायक थिए । यसका साथै हरेक घरमा बस्न, खानका लागि होटलको व्यवस्था पनि सिक्न लागयक छन् । जसले यस क्षेत्रलाई आर्थिक समृद्दितिर अगाडि बढाएको छ ।

अर्को तरिकाले हेर्दा यहाँको प्राकृतिक सुन्दरता, उजाड डाँडापाखा, हराभरा जंगल, तालतलैया, बाटोमा देखिने मस्र्यांदी, तिनाउ, झरना, कालीगण्डकी नदीको किनार देखिने मनै लोभ्याउने दृश्यको अवलोकन गर्दै हामी मनाङ मुस्ताङ पुग्यौँ । हिमाली आयोजनाले कर्णालीका २७ कृषकलाई यो अवसर जुराएको हो ।

काठमाडौंदेखि उत्तरमा पर्ने मनाङ्ग जिल्लाको कठिन यात्रा लमजुङ्गको बेशी शहरमा एकरात काटेपछि शुरुवात भयो । बेसीबाट चामेसम्म जाँदा मोटर पाईन्छ । बाटो निकै डरलाग्दो थियो तर गाडीको झ्यालबाट देखिने दृश्यले रमाइलोमा भुलायो । बीचबीचमा पाइने पाईने रेन्बा ट्राउट माछा पालन फर्म हेर्दा र त्यस फर्ममा उत्पादित माछा खाँदा झनै थकानको महशुस नै भएन ।

मनाङ-मुस्ताङमा स्याउ नपाक्दै फर्मबाटै अग्रिम बुकिङ्ग हुँदो रहेछ तर कर्णालीमा पाकेर चराहरुले खान्छन् । यहाँका स्थानीयको दिनचर्यालाई हेर्दा मुस्ताङ व्यावसायीक सहर हो ।

यो बाटो कठिन भएपनि अहिलेसम्म कम दुर्घटना भएको सडक मानिन्छ । यहाँको यात्रा चुनौतिपूर्ण भएपनि सिकाई र अनुभवको हिसाबले सबैले एक पटक पुग्नुपर्ने अनुभव भयो । भ्रमणबाट फर्कदै गर्दा  मनमनै सोँचे सडक पुगेको भए र काठमाडौँकाे नजर पुगेकाे भए कर्णाली पनि यस्तै त हुन्थ्यो । तर कर्णाली काठमाडौँको नजर पुगेको छैन ।

यात्राकै क्रममा मनाङ्ग सदरमुकाम चामेबाट तिन घण्टाको बाटोमा पिसाङ्गमा रहेको मनाङ्ग एग्रो प्रा.लि.मा प्रयोग गरिको अत्याधुनिक सिँचाई तथा स्याउ उत्पादन गर्ने प्रविधि, फर्ममा भएका नयाँ जातका स्याउ, ४५० रोपनी जग्गामा ५८००० बुटाबाट उत्पादित भईरहेका स्याउ तथा ६ महिनाभित्र फल्ने स्याउका विरुवाको अवलोकन गर्यौँ । यो फर्मको भ्रमण पश्चात प्रयोग गरिएको सिँचाई प्रविधि, व्यावसायिकता, बढीभन्दा बढी उत्पादनको परिणामको लागि प्रयोग गरिएको विधि हाम्रो लागि नयाँ थियो । यो फर्मको बीचमा तारे होटेल पनि छ ।

karnali-mustang

भ्रमणको क्रममा मनाङ्ग जिल्लामा रहेका गंगापूर्ण ताल, मनाङ्ग गाउँ, सिप्लाङ्ग, कोटो, ढुकुश पोखरी, हुमुदे विमानस्थल तथा विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको पनि अवलोकन गरियो । त्यस्तै म्याग्दी, पर्वत, जिल्ला तथा बेनी सहरलाई छिचोल्दै बग्ने कालिगण्डकीको मुहानलाई पछ्याउदै जाँदा मुस्ताङ्ग जिल्लामा पुगिन्छ । धौलागिरी तथा निलगिरी हिमालको दृश्याले यहाँको बस्तीलाई खुशी बनाइरहेको पाएँ ।
एउटा झरनाको आँगनमा रहेको रेन्बो ट्राउट पालनको अवलोकन र थकाली जातीले बनाएको नेपाली खानाको स्वाद पनि हाम्रो टोलीलको लागि नयाँ थियो । चार घण्टाको यात्रापछि सदरमुकाम जोमसोम पुगिन्छ । कच्चि सडक वरपरका रमणीयस्थल हेर्दै जाने क्रममा मार्फा, लेचे, टुकुचेलगायत विश्व प्रसिद्ध पर्यटकीय स्थलहरु पर्दछन् ।

त्यस क्षेत्रका विगत ३० बर्षदेखि स्थापना गरिएका स्याउ फर्महरु, जोरङ्गवा स्याउ फर्म, टुकुचे, सिताष्ण बागवानी केन्द्र, मार्फा, मार्फा तरकारी तथा फलफुल फर्म जोमसोम, तोरङ्गवा स्याउ फर्म तोरङ्गवा, मेन्थाङ्ग स्याउ फर्म जोमसोम, मुक्तिनाथ तोरा जुस उत्पादन, मुक्तिनाथलगायत निलगिरी, धौलागिरी हिमाललगायत रमणीय दृश्यहरु, नदीका किनारका रमाईला ठुलाठुला फाँटहरु, मरुभुमीमा पनि स्याउ उत्पादन भएको देख्दा मैले कर्णालीलाई सम्झे । कर्णालीको प्राकृतिक दृश्यको यसरी नै अरुले अवलोकन गराउन पाए गर्भ हुने थियो ।

यहाँका फार्म, होटेलहरुको व्यवस्थापन, योजनाबद्ध विकास, जनताको सहभागिताले व्यावसायीकताको विकासले यहाँका जनतालाई आत्मनिर्भर बनाएको छ । सदरमुकामबाट २ घण्टाको बाटोमा पर्ने काग खोला र बेनी नदीको दोभान कागबेनी पनि उत्तिकै रमणीय छ । यसका साथै ३४०० मिटरमा अवस्थित मुक्तिनाथको मन्दिरको १०८ धाराबाट निस्कने स्वच्छ पानीमा नुहाउँदा पाप नष्ट हुने विश्वासका साथ हाम्रो टोलीले पनि स्नान गर्यो ।

यात्रा चुनौतिपूर्ण भएपनि सिकाई र अनुभवको हिसाबले सबैले एक पटक पुग्नुपर्ने अनुभव भयो । भ्रमणबाट फर्कदै गर्दा  मनमनै सोँचे सडक पुगेको भए र काठमाडौँकाे नजर पुगेकाे भए कर्णाली पनि यस्तै त हुन्थ्यो । तर कर्णाली काठमाडौँको नजर पुगेको छैन ।

मनाङ-मुस्ताङमा स्याउ नपाक्दै फर्मबाटै अग्रिम बुकिङ्ग हुँदो रहेछ तर कर्णालीमा पाकेर पनि चराहरुले खान्छन् । यहाँका स्थानीयको दिनचर्यालाई हेर्दा मुस्ताङ व्यावसायीक सहर हो । यहाँको प्रारांगारिक उत्पादनको बजार पोखरालगायत देशका विभिन्न शहरमा पुग्ने रहेको पनि देख्न सकिन्छ । अर्को मुस्ताङमा सामुहिक स्याउ खेती तथा स्याउबाट भएको आर्जनबाट सरकारलाई तोकिएको रोयल्टी पनि तिरेको देखिन्छ । यसबाट के देखिन्छ भने, नेपालको आयो स्रोत बढाउन हिमाली जिल्लाले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

apple-fram

अन्त्यमा, राज्यले उपलब्ध सधान स्रोतको सदुपयोग तथा विद्यमान संयन्त्रहरुको वैज्ञानिक रुपमा परिचालन गर्न सके कुनै युवा–युवतीले विदेशका गल्ली धाउनु पर्दैन ।

राज्यले एकीकृत विकासको योजना बनाउन सके कर्णालीले आफू आत्मनिर्भर भएर राज्यको लागि ठूलो योगदान गर्न सक्छ भन्ने अनुभूति भयाे । अर्को हाम्रो भ्रमण टोलीले प्राप्त गरेको शिक्षा भनेको स्थानीय समुदायको एक रुपता पनि हो । भ्रमणले कर्णालीका कृषकलाई नयाँ सपना बोकाएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com