Dabali News

  • Ad

१ लाख ७० हजार आइफोनमा टेलिकमको फोरजी सेवा चल्ने

ntc-iphone

१३ पुस

काठमाडौं ।

नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा आइफोनका सबै सेटहरुमा नचल्ने भएको छ ।

विश्वभरको चर्चित स्मार्टफोनमा फोरजी सेवाले काम नगर्ने भएपछि आइफोनका प्रयोगकर्ता निरास हुनु पर्दैन् । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले आफूहरु समस्या समाधानको लागि पहल गरिरहेको बताए ।

हाल नेपाल टेलिकमको थ्रिजी (तेस्रो पुस्ताको मोबाइल सेवा) चल्ने सिमकार्ड प्रयोग भएका करिब २ लाखभन्दा बढी आइफोन प्रयोगकर्ता भएको टेलिकम स्रोतले जानकारी दिएको छ ।

करिब १ लाख ७० हजार जति आइफोनमा भने फोरजीसमेत चल्ने देखिएको छ । आइफोनका ‘फोर–एस’, ‘फाइभ’, ‘फाइभ–सी’, ‘सिक्स’, ‘सिक्स–एस’, ‘सेभेन’ र ‘सेभेन–प्लस’ मोडलमा फोरजी चल्छ ।

एप्पललाई फोरजी सेवा चल्ने बनाइदिन आग्रह गरिसकेको नेपाल टेलिकमले बताएको छ । आइफोनमा फोरजी सेवा चल्नलाई एप्पललेनै ‘लोकेसन इनेबल’ गरिदिए हुन्छ । तर, त्यो एप्पले नै गर्नुपर्ने हुन्छ ।

टेलिकमको नयाँ परीक्षणका क्रममा आइफोनमा आएको एप्पलका लागि नेपालको वितरक जेनेरेसन नेक्टका सञ्चालक पवन भिमसेरियाले पुष्टि गरे । उनले उक्त समस्या समाधानको लागि एप्पलको मुख्य कार्यालय र सिंगापुर कार्यालयमा अनुरोध गरिसकेको बताएका छन् ।

आगामी आइतबार पुस १७ गते (जनवरी १) देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको छ । त्यसका लागि टेलिकमले केही दिनदेखि प्राविधिक परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा अमेरिकी ब्रान्ड एप्पलका फोरजी चल्ने मोडलमा समेत टेलिकमको फोरज भने नचलेको हो ।

नेपाल टेलिकमको लोकेसन कोड ‘४२९०१’ हो भने एनसेलको ‘४२९०२’ हो । एप्पलले लोकेसन कोड ‘४२९०२’ लाई मात्र ‘इनेबल’ गरेकाले टेलिकमका समस्या देखिएको हो ।

लोकमानपछि सचिव कार्कीमाथि विप्लव माओवादीको जनकारवाही

Arjun-karki

काठमाडौँ । भ्रष्टाचार गरेको भन्दै नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई नेकपा (माओवादी)ले जनकार्वाही गरेको छ । माओवादी कार्यकताहरुले ललितपुरको सानेपामा गाडीमा सवार रहेका कार्कीलाई कारवाही गरेको समाचार प्राप्त भएको छ । थप विवरण आउन बाँकी  छ ।...

एयरपोर्ट भन्सारका पूरै कर्मचारी फेर्न अर्थमन्त्रीको कडा निर्देशन

krishna-mahara1

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि अवस्था सुधार्न निर्देशन दिएका छन् । “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन ।” अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ...

भ्याट खारेजी र कमिशनकाे लागि सरकारलाई अल्टिमेटम !

gas

काठमाडौं । यहाँ आफूले चाहेको कमिशनको लागि सरकरसँग माग राखिन्छ । भ्याटका कारण रातारात पैसा कमाउन सकिएन भन्दै भ्याट खारेजीको माग हुन्छ । सरकार पनि उनीहरुका मागलाई जायज भन्दै सम्झौता गर्दै आएको छ । यसबाट सरकार र विचौलियालाई त फाइदा नै हुन्छ...

काठमाडाैँका मनि एक्सचेन्ज अनुसन्धान घेरामा

Money-Exchange

काठमाडाैँ । अवैध विदेशी मुद्रा सटही गरेकाे अशंकामा विभिन्न नाममा खुलेका मनि एक्सचेन्ज कम्पनीहरु प्रहरीकाे अनुसन्धानकाे घेरामा परेका छन् । यही माघ १ गते बरामद गरेको अबैध बिदेशी मुद्रा मनि एक्सचेन्जहरुबाट सटही भएको आशंकामा महानगरीय आपराध महाशाखाले त्यस तर्फ अनुसन्धान केन्द्रित गरेको हो । प्रहरीले...