Dabali News

  • Ad

समुन्द्रमा डुबेर अष्ट्रेलियमा किर्तिपुरका सुजनकाे मृत्यु

sidnee

११ पुस

काठमाडौं ।

पौडी खेल्ने क्रममा अष्ट्रेलियमा एक जना नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ ।

काठमाडाैँको किर्तिपुरका २९ वर्षीय सुजन अधिकारीको अष्ट्रेलियाको सिड्नीस्थित समुन्द्रमा आइतबार पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । साथीहरुसँग सिड्नीको वाटामोला क्षेत्रमा अधिकारी पौडी खेलिरहेका थिए ।

सन् २००९ मा अष्ट्रेलिया पुगेका अधिकारी भिक्टोरिया युनिभर्सिटीबाट एकाउन्टिङ बिषयमा स्नातक अध्ययन सकेर स्थायी बसोबास अनुमती लिने प्रक्रियामा थिए ।

पाँच महिनादेखि तलब नपाउँदा कतारमा एक नेपाली अलपत्र

chhabilal

दाेहा ।  विगत पाँच महिनासम्म पनि परिश्रम नपाएपछि वैदेशिक राेजगारमा अाएकाे एक नेपालीले बिचल्ली भएकाे छ । विदेशमा काम गरेर घरकाे समस्या टार्ने सपना बाेकेर यहाँ पुगेका मुम्दे-३ इलामका छबिलाल राईकाे बिचल्ली भएकाे हाे । उनी काठमाडाैँस्थित रोयल ओभरसिज प्रा.लि बाट अाएर कतारकाे...

मलेसियामा फेरि एक नेपाली युवाकाे घाँटी रेटी हत्या 

shyam 1

क्वालालामपुर । वैदेशिक राेजगारकाे क्रममा मलेसिया पुगेकाे एक नेपाली युवाकाे घाटी रेटेर हत्या गरिएकाे छ । महोत्तरी सिसहैया कतैया गाबिसका राधेश्याम पाण्डेकाे हत्या भएकाे हाे । उनी मलेसिया पेनाङ राज्यस्थित एक कम्पनीमा कार्यरत थिए । पाण्डेकाे मंगलरबार राति धारिलाे हतियारले घाटी रेटेर...

अन्तर्राष्ट्रिय साँस्कृतिक परिवार कतारको ‘साँस्कृतिक धमाका’ 

katar

दोहा । ‘कलाकारलाई सम्मान गरौँ, कला र संस्कृतिको जगेर्ना गरौँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साँस्कृतिक परिवार कतारले “बिबिध साँस्कृतिक धमाका २०१७ तथा घोषणा सभा” सम्पन्न गरेकाे छ । कतारको दोहास्थित अल भुईयान रेष्टुरेन्ट (नेपाली आगन)को सभाहलमा भएकाे कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका...

यूएईमा नेपालीलाई यसरी ठग्दैछन् गाेर्खाकाका कर्ण ढकाल (अडियाेसहित)

karna-dhakal-1

दुबई । गाेर्खाका कर्ण ढकालले यहाँस्थित नेपालीलाईहरुलाई ठगिरहेका छन् । उनले राम्राे काम मिलाइदिने भन्दै अग्रिम घुस माग्छन् । न उनले काम मिलाइदिन्छन् न लिएकाे पैसा नै फिर्ता गर्छन् । धेरै नेपालीबाट कराेडाै असुल गरिसकेका छन् उनले । ढकालकाे पेशा यतिमात्र हाेइन...