Dabali News

  • Ad

पत्रकारकाे जीवनः ‘नखाउँ दिनभरीको सिकार, खाउँ कान्छाबाउको अनुहार’

prem-bahadur-shahi

भनिन्छ ‘पत्रकारिताको क्षणलाई निहाल्दै जाँदा काब्य बन्न सक्छ । हिजोको बर्तमान आजको इतिहास, आजको बर्तमान भोलिको काल खण्ड हो । त्यसैले पत्रकार भनेको राज्यको चौथो अङ्ग हो ।’ स्वतन्त्र भएर कलम चलाउन पाउँनु पत्रकारको पहिचान हो । कुनै पनि विषयमा पत्रकारले कलम चलाउनु पर्दा, त्यस वेला कलमको मसी रगत भन्दा शुद्ध भएको ठान्नु पर्दछ । पत्रकारले आफ्नो अगाडि जे देख्छ, सधै त्यही लेख्छ । पत्रकारलाई कसैले यो वा त्यो लेख भनेर सिकाउनु पर्दैन र आवश्यक पनि छैन ।

जसलाई सुझावको खाँचो छ, त्यसैलाई सुझाव दिँदा उपयुक्त हुन्छ । राजनैतिक दलको भातृसंगठनमा आवद्ध भएका पत्रकार हुन् भन्दैमा पत्रकार कसैका अन्धभक्त हैनन् । राज्यले पनि पत्रकारलाई चौथो अङ्गको विल्ला भिडाएर पानी माथिको ओभानो बन्न खोच्नु पत्रकार जगतका लागि ‘वैरी’ नै हो । राज्यले घोषाणा गरेको चौथो अङ्गअनुसार पत्रकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाएका छन कि छैनन् ? गरेका छन, भने किन पत्रकामाथि अाक्रमण हुन्छ ? समाजलाई गलत प्रवृतिविरुद्ध लेखेकै कारण किन पत्रकारलाई निसाना बनाइन्छ ?

मिसन, ब्यवसायीक र खोज पत्रकारिता गर्दा आफ्नै सहकर्मीबाट झन् जोखिम उठाउनु पर्छ । यो पंक्तिकार पनि कुनै वेला कलम चलाउँदै गर्दा आफ्नै सहकर्मी र सरकारी पदमा वाहालवाला कमर्चारीको मिलेमतोम गरिएको हत्याको योजनाबाट अर्थात मृत्युको मुखबाट बाँच्न सफल गएको थियो । त्यसवेला संख्यात्मक रुपमा एक जुट र योजनाबद्ध तरीकाले विहान एक्लै अफिस जादैं गरको मौकाछोपी बीच बाटोबाट अपहरण गरी सार्वजनिक स्थलमा सबैले देख्न सक्छन् भनेर एउटा होटलको कोठामा लिएका थिए । त्यहाँ उनीहरुले सक्ने जति सबै गरे तर ज्यान लिन आफै डराए । सायद सत्यकाे अगाडि उनीहरुकाे मुर्खता डरायाे । उनीहरुकाे याेजना र प्रयोग र्ने तरीका आलाकाँचोपन थियो ।

उनीहरुमा ‘बल भन्दा बुद्धीले काम गर्दछ’ भन्ने भनाईको बुझाई कम थियो । संयोगले बचियो । त्यसैले ‘जसलाई चोट लागेको हुन्छ, त्यसलाई मात्र पीडा थाहाँ हुन्छ ।’ अनुभव र अनूभूति नभएकाहरुलाई त्यसको के थाहाँ हुन्छ ? त्यसैले एउटा पत्रकारको न त जीवनको सुरक्षा छ, न त्यसको भविष्य नै छ । कुन वेला कहाँ आफुले ज्यान गुमाउनु पर्ने हो, चिन्ता, डर र त्रासको वियय मात्र छ । जसको ज्वलन्त उदाहरण हो, करिव यहि हप्ता विश्व सञ्चार स्वतन्त्रता समुह (प्रेस फ्रिड्म ग्रुप) ले सन् २०१६ को अवधिभित्र ५७ जना पत्रकारको मारिएका तथ्य सार्वजनिक गुर्न । यसले गर्दा मलाई समेत पुरानो घाँउ पुर्नःबल्झाई दिएको छ ।

1475061525_press-attackfinal

सुन्दा पनि अप्रत्यारसिलो तथ्य सार्वजनिक हुदाँ आफ्नै पेशाप्रति घणा र राज्य, विद्रोहि र अज्ञत समुह प्रति वितृष्णा पैदा भएको छ । ‘नखाउँ दिनभरीको शिकार, खाउँ कान्छाबाउको अनुहार’ भनेको जस्तो भएको छ । कलम चलाउँदै गर्दा पत्रकारको गल्ति पनि हुन सक्छन । गल्ति नगर्ने मान्छे पनि हुँदैन, गल्ति दोहोर्याउने मान्छे पनि हुँदैन । हुनुपर्ने समाजमा रुपान्तरित नै हो । जहाँ समस्या हुन्छ, त्यहाँ समस्याको समधान पनि हुन्छ । यदि पत्रकाले लेखेको विषयमा चित बुझेको छैन, आफ्नो मानहानी भएको छ भने, त्यसको १५ दिनभित्र पीडित पक्षले न्यायको ढोकासम्म पुग्न सक्छ । तर, कानुनी प्रक्रियाको बाटो हुँदाहुँदै किन पत्रकारको ज्यान नै लिन पुग्छन् मान्छेहरु ? ज्यान दिएपछि सबै समस्यको समधान हुन्छ ? यदि पत्रकारको मात्र नभएर कसैले कसैको ज्यान लिएर समस्याको समधान खोज्नु जीवनमा ठूलो भूल हाे ।

त्यसैले आउहोस् अन्याय परेको छ भने, छलफल गरौं, मध्यमार्ग बाटोको खोजि गरौं, पीडितलाई न्याय दिलाउन लागौं । असत्य नै हो भने सम्बन्धी सञ्चारमध्यमबाट सच्याउन लगाऔं । प्रमाणसहित खण्डन लेखि प्रसारण-प्रकाशन गर्न लगाऔं । प्रेस विज्ञप्ती जारी गरौं । यस्ता तनाम मार्ग प्रशसस्त्र बाटाहरु छन् । के पत्रकारलाई घरपरिवार, समाज, राष्ट्र, राष्ट्रियता, सार्वभौमिकतालगायका अन्य विषयको माया ममता भएको हुँदैन ? पेशा पत्रकार भएपनि पत्रकारले गर्ने काम सामाजिक, आर्थिक, राजनीतिक, देशको समृद्धी, आवाज विहिनहरुको आवाज बन्नु, अन्यायमा परेकाहरुलाई न्यायको ढोकासम्म पुर्याउनु, संसारमा भएका सम्पूर्ण गतिविधिलाई नागरिकसम्म पुर्याई कसैलाई सूचनाको हकबाट बन्चित नगराउनु नै हो । यो काम गर्नु पत्रकारको गल्ति हो ? गल्ती हो भने, जो कोहीले एउटा कुराको सधै ख्याल गर्नु अनिवार्य छ । एउटा दुईटा पत्रकारलाई निशाना बनाएर सिध्याउनु होला तर उसको विचारलाई मार्न सक्नुहुने छैन । संसारका आमूल परिवर्तनहरु पत्रकार विना भएकाे छैन । जब पत्रकारको आवाजलाई बन्द गर्ने खोज्यो भने त्यसका दिन गन्ती सुरु हुन्छन । त्यो चाहे सहकर्मी, राज्य, विद्रोही वा अज्ञत समूह किन नहोस् ।

पत्रकारहरुलाई राजनीतिक दलको बिल्ला लगाई आफुलाई मात्र मूलधारका र ब्यावसायीक ठान्ने नठानी सत्य, तथ्य, निष्पक्ष र समावेशी समाचार सम्प्रेषण गरेपछि मात्र आफ्नो सम्मान आफैबाट भएको महशुस हुने छ र पत्रकारले कसैको निशाना बन्नु पर्ने पनि छैन् ।

पछिल्लो रिर्पोटले सिरिया, अफगानिस्तान, मेक्स्किो, फ्रान्स, इराकलगाय देशमा पत्रकारको हत्या धेरै हुने गरेको देखाएको छ । यो पत्रकारका लागि एकदम दुःखत खबर हो । सन् २०१५ मा ६७ जना पत्रकार मारिएका थिए । यो वर्ष पत्रकारको मृत्युको संख्यामा कमि आएपनि मुत्युको अवस्था भने गत वर्षको भन्दा निकै दर्दनाक, पीडादायी र विभङस तरिकाले गरिएको छ । समाचार संकलन गर्नको लागि खटिएका पत्रकार नै अत्यन्तै खोखिम मोलिरहेको अवस्थामा दुवै पक्षबाट मारिएका छन ।

आखिर पत्रकार नै किन मारिन्छन ? पत्रकारले के चाहेका हुन्छन ? किन पत्रकार मारिन्छन ? यसको जवाफ कसले दिने ? सम्बन्धी सञ्चारमाध्यमा केही समाचार प्रकाशित-प्रशारण हुन्छ, केही समयमै ज्यान मार्ने धम्की आउँछ, उस्तै परे धम्किको केही सयम वित्न नपाउँदै पत्रकार मारिएको खवर सोही सञ्चारमाध्यमबाट प्रकाशित-प्रशारित हुन्छ । सम्बन्धी निकाय माैन हुन्छ । आखिर पत्रकारलाई यस्तो अवस्था किन आयो ? के पत्रकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन् ? हैन भने आफ्नो पक्षको समाचार सम्प्रेषण नभएकै वाहाना बनाएर पत्रकार किन मारिन्छ ? यस्ता यस्तै प्रश्नको उत्तर दिन सक्नु पर्दछ सम्बन्धि घटनासँग जोडिएकहले ? पछिल्लो समयमा पत्रकारितालाई राजनीतिक क्षेत्र मनाउने गरियो । कोही नेताबाट पत्रकार बने, कोही पत्रकारबाट नेता बने । त्यसैको परिणाम आज पत्रकारहरु भोग्दै गएका छन । पत्रकार समाजमा सत्य, तथ्य, नीति, आचार, दर्शन र विचारमा कलम चलाउनेहरु कहिल्यै स्वतन्त्र भएनन् ।

पत्रकारिता क्षेत्रलाई कसैले राम्रो मान्ने गरेका छन त कसैले नराम्रो मान्ने मानेका छन् । किनकी समाज वर्गीय छ । यहाँ फरकफरक विचार बोकेका मानिसहरुको बसोवास छ । वर्गीय समाजसँग जोडिएको छ विश्वको पत्रकारिता । पत्रकारहरु पनि कुनै अर्को ग्रहवाट आएका वा छुट्टै धातुले बनेका बिशिष्ठ प्राणी होइनन् । नागरिकलाई सु-सूचित गर्ने मुलभूत उद्देश्य र सोही अनुरुपको काम गर्ने पत्रकार हुन् । त्यसैले पत्रकार भनेका कसैका शुत्रु हैनन् मित्र हुन् भन्ने बुझनु जरुरी छ ।

अहिले आफ्नो अतित्व, पहिचाहन र राष्ट्रियताको विषयलाई लिएर प्राय सवै देशहरुमा धेरै उत्तावचढाव भईरहेको छ । युद्धमा समामेल भएका देशमा संक्रमण काल छ । त्यहाँ सोध र प्रतिसोधनको प्रतिस्पर्धा छ । समाज विकृति र विसंगतिले ग्रसिद छ । कतिपय देशहरुमा मानव अधिकारको हनन्मात्र भएका छैनन् । नागरिकले बाँच्न पाउनु अधिकारको समेत कुण्ठित गरिएको छ । लाखौं नागरिकहरु आफ्नो जन्मभूमि छोडी अन्य देशको शरण लिन पुगेका छन ।

यो पंक्तिकार पनि कुनै वेला कलम चलाउँदै गर्दा आफ्नै सहकर्मी र सरकारी पदमा वाहालवाला कमर्चारीको मिलेमतोम गरिएको हत्याको योजनाबाट अर्थात मृत्युको मुखबाट बाँच्न सफल गएको थियो । त्यसवेला संख्यात्मक रुपमा एक जुट र योजनाबद्ध तरीकाले विहान एक्लै अफिस जादैं गरको मौकाछोपी बीच बाटोबाट अपहरण गरी सार्वजनिक स्थलमा सबैले देख्न सक्छन् भनेर एउटा होटलको कोठामा लिएका थिए ।

ब्यवसायीकताकाे नाममा ब्यापारीले पत्रकारितालाई उपयाेग गरिहेका छन् । लोभलालचमा पत्रकारलाई प्रयोग गरिएको छन् । यस्ता-यस्तै यावत विषय वस्तुसँग जोडिएर पत्रकारहरुले ज्यान गुमाउन परेको छ । अबका ती सवै देशहरुले हिंसाको बाटो हैन अहिंसाको बाटो रोच्नु पर्दछ । पत्रकार नागरिक समाज भन्दा बाहिर रहेर कलम चलाउन सक्दैन । राजनीतिक विषयवस्तुलाई प्राथमिकतामा राखी पत्रकारहरुलाई राजनीतिक दलको बिल्ला लगाई आफुलाई मात्र मूलधारका र ब्यावसायीक ठान्ने नठानी सत्य, तथ्य, निष्पक्ष र समावेशी समाचार सम्प्रेषण गरेपछि मात्र आफ्नो सम्मान आफैबाट भएको महशुस हुने छ र पत्रकारले कसैको निशाना बन्नु पर्ने पनि छैन् ।

  • लेखकः ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन् ।

मलाई मेरै माटोको रङ्ग मन पर्छ 

rishi-raj-baral

मलाई मेरै माटोको रङ्ग मन पर्छ । म यसैको गन्धमा रमाउँछु । म यसैको गन्धमा रमाउँछु । अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू वरिपरको परिवेश, व्यक्तिको...

हुम्लाको उत्पादन र जनजीवन

dipendra

नल्लाको झोलुङ्गे पुल तरेर त्यहाँको सुधारिएको सात घट्ट हेर्न जाँदा ल्वासुरका तन्नेरी धामी गोरखबहादुर शाहीसँग भेट भयो । उनले नल्लालहरुको जग्गा कम भएको र जिजुबाजेको दिनदेखि घट्ट कुरेर गुजारा टार्दै आएको जानकारी दिए । त्यहाँ लेख, माझा, छिप्रा, खर्पेलगाउँ र स्याप्नेबाट घट्ट...

थारु सम्बत् र नयाँ नेतृत्व चयन

unnati

“गंगा लहाए सब कुछ पाए, कुँवा लहाए थोर थार पाए, नल्का लहाए कुछ ना पाए” (नदिमा नुहाए सोँचेको सबै प्राप्त हुने, ईनारमा नुहाए केही मात्रमा प्राप्त हुने र धारामा नुहाए केही पनि नपाउने) भन्ने उखानले माघी र थारुहरूको ईतिहासलाई जाेडेकाे छ ।...

पशुपतिनाथकाे अाँगनमा यस्ताे भाेगियाे

mina

मन्दिर जाँदै हुनुहुन्छ हो ?  एउटा अपरिचित आवाज हावाले बेस्कन कानमा ठोकायो । मैले उत्तर दिए, हजुर दर्शन गरौँकी सोचेर आको ! समयले कहिले आस्तिक र कहिले नास्तिक बनाइ दिन्छ । आज म पनि दिल खोलेरै आस्तिक भैदिएकी छु, मानौँ मन्दिरको पुजाले...