Dabali News

  • Ad

माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिलाई पक्रनु

khem-thapaliya

२६ डिसम्बर, सन् १८९३ मा विश्व मानचित्रको एउटा विशाल भूभाग ओगटेको पुँजीवादी तथा सामन्तवादी शक्तिद्वारा पिल्सिएको जर्जर रोग र भोकले छटपटाएको चीनको सानो गाउँमा एउटा रक्तिम किरणले जन्म लिएथ्यो । त्यही किरण महान् प्रतिभाशाली वीरयोद्धा आज संसारभर माओको नामले प्रसिद्ध छ । उनी शोषक लुटेराहरूको ज्यानीदुश्मन र गरिब मिहिनेतकश जनताका आत्माको धड्कन बने ।

माओ नाम प्रत्येक राष्ट्रको स्वाधीन आन्दोलन र हरेक देशका जनताको मुक्ति आन्दोलनसँग गाँसिएको छ । उनी आज विश्वभरमा चलाइने ‘जनवादी क्रान्ति’ को पर्याय बनेका छन् । राष्ट्रलाई साम्राज्यवादी, सामाजिक साम्राज्यवादी र विस्तारवादी तथा एकाधिकार पुँजीवादी शक्तिहरूको प्रभावबाट मुक्त गर्न, उत्पीडित जनतालाई सामन्तवादी तथा अन्य विभिन्नखाले प्रतिक्रियावादी तत्वहरूको दमन र शोषणबाट मुक्त गर्न माओ हाम्रा प्रेरणा र रणनीतिक हतियार हुन् ।

क्रान्तिकारी सिद्धान्तलाई जसरी लेनिन र स्तालिनले रुसमा व्यावहारिक रूपमा लागू गरेका थिए, ठीक त्यसरी नै माओले तेस्रो विश्वको पिछडिएको मुलुक चीनमा लागू गरे । मार्क्सवाद-लेनिनवादलाई उनले सिर्जनात्मक रूपले विकास गरेर सर्वहारा अधिनायकत्वलाई बचाइराख्ने र सुदृढ बनाउने, पुँजीवादी पुनस्र्थापनालाई रोक्ने विधिको विकास गरे । तसर्थ, माक्र्सवाद-लेनिनवादको विकसित रूप नै आजको माओवाद हो । माओवाद नयाँ जनवादी क्रान्तिको मार्गदर्शक सिद्धान्त पनि हो ।

सेप्टेम्बर ९, सन् १९७६ मा विश्व सर्वहारावर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको निधनपछि विश्वभरका शोषित पीडित जनता शोकमग्न भइरहेको बेलामा चीनभित्रका केही प्रतिक्रान्तिकारीहरूले भित्रभित्रै तिनका विषाक्त हतियारहरूलाई तिखारेर षड्यन्त्रको जालो बुन्न थाले । मार्क्सवाद-लेनिनवाद र माओवादका पक्का अनुयायीहरूलाई चयन गरेर चीनमा पुँजीवादी व्यवस्था लागू गर्नका लागि चिनियाँ संशोधनवादी गुटले माओको मृत्युको महिना दिन पनि नपुग्दै चियाङ चिङ, च्याङ चुङ चियाओ र अन्य क्रान्तिकारीहरूमाथि ‘कथित चार गुट’ भन्दै गिरफ्तार गरेर प्रतिक्रान्तिको बीजारोपण गर्यो । त्यहीक्रममा चिनियाँ संशोधनवादी गुटले सर्वप्रथम माओ विचारप्रति अत्यन्तै बफादार, राजनीतिक रूपले परिपक्व तथा सिद्धान्तप्रति निष्ठावान चिनियाँ सेनालाई पुनर्गठन गरेर सेनाका सबै जवानहरूलाई पार्टी, सरकार र त्यसका नीतिहरूप्रति बफादारीको सपथ लिन लगाइयो ।

दस वर्षको महान् जनयुद्धलाई इतिहासको कष्टकर कथाका रूपमा होइन, अग्रगामी र सुन्दर भविष्यको प्रेरणाका रूपमा लिनैपर्दछ । माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिको कार्यदिशालाई पक्रँदै क्रान्तिको मार्गमा अघि बढ्नु हो ।

त्यसपछि माओको क्रान्तिलाई लगातार अघि बढाउँदै उत्पादन बढाउने भन्ने क्रान्तिकारी विचारलाई तोडेर कथित ‘आधुनिकीकरणको कार्यक्रम’ द्वारा ‘उत्पादन बढाउने’ नारा दिन थालियो । “उत्पादन बढाउने” नाउँमा संशोधनवादीहरूले क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली दिएर पुँजीवादी पुनस्र्थापनालाई जोड दिए । त्यसैअनुरूप वर्गसङ्घर्षलाई पूर्ण रूपले परित्याग, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसभन्दा अगाडि पनि जफत गरिएका व्यक्तिगत सम्पत्ति ब्याजसहित फिर्ता, व्यक्तिगत स्वामित्वमा चल्ने उद्योगधन्दालाई छुट, ठूलो पैमानामा विदेशी पुँजीलाई चीनमा भित्र्याएर पर्याप्त नाफालाई विदेशमा रकम लैजान छुट, व्यक्तिगत रूपमा जमिनका प्लटहरूको वितरण, विदेशी अश्लील साहित्य नृत्य-फिल्मको प्रदर्शनद्वारा जनताको चेतनालाई विकृत र कुरूप बनाई क्रान्तिप्रति विमुख बनाउने तथा भौतिक प्रलोभनद्वारा जनतालाई भ्रष्ट पार्ने प्रयास आदि कार्यहरू गरेर चीनमा पुँजीवादी अधिनायकत्वलाई स्थापित गरियो । त्यहीक्रममा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई “गलत”, “दुर्घटनापूर्ण” बताइयो । चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको विरोध गर्दै उत्पादनलाई जोड दिने चिन्तनलाई नेपालका क्रान्तिकारीहरूले चीनमा प्रतिक्रान्ति भएको ठोकुवा गर्न पुगे ।

वास्तवमा यसो भन्नु क्रान्तिप्रति अटल विश्वास र सिद्धान्तप्रति दृढ आस्थाको द्योतक थियो । यो ठोकुवा समाजवादी व्यवस्था–साम्यवादी विचारधारा “असफल” भनेर चिल्लाएका पुँजीवादी–संशोधनवादी तत्वहरूलाई दिइएको चुनौती पनि थियो । यो समस्त शोषित पीडित जनतालाई समाजवादी व्यवस्था तथा साम्यवादी विचारधाराप्रति अटल विश्वास जगाई क्रान्तिको लालझन्डा सदैव उठाइरहन प्रेरित गर्ने दृढ अडान हो तथा यो कुनै पनि शक्तिको सामु घुँडा नटेक्ने, आत्मसमर्पण नगरी क्रान्तिकारी सही सिद्धान्त र राजनीतिक विचारधारालाई बलियो गरी समातेर क्रान्तिलाई निरन्तर अघि बढाउने साहसिक दूरदर्शी कदम पनि हो ।

सर्वहारावर्गले पुँजीपति वर्गबाट छिनेर सत्ता लिएपछि पनि निकै लामो अवधिसम्म समाजवादतर्फ सङ्क्रमणको कालभरि मात्र होइन, समाजवादको निर्माण र विकासको कालभरि वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पार्टी र सरकारभित्र तथा बाहिर रहेका पुँजीपन्थीहरूलाई कमजोर, तहस नहस र अन्तमा निर्मूल नपारेसम्म सर्वहारावर्गले राज्यसत्तामाथि प्रतिक्रान्तिकारी हमला हरदम भइरहने खतरा हुन्छ । यही वास्तविकतालाई दृष्टिगत गरेर माओ सुरुदेखि नै पार्टीलाई सर्वहाराकरण गर्ने प्रयासमा लागे । स्टालिनको निधनपछि पार्टीभित्र घुसेको नवसंशोधनवादी खुश्चोभ गुटले समाजवादी सोभियत रुसलाई पुँजीवादी रुसमा बदलेर मार्क्सवाद-लेनिनवाद र विश्व सर्वहारा वर्गप्रति नै गद्दारी गर्यो ।

सेप्टेम्बर ९, सन् १९७६ मा विश्व सर्वहारावर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको निधनपछि विश्वभरका शोषित पीडित जनता शोकमग्न भइरहेको बेलामा चीनभित्रका केही प्रतिक्रान्तिकारीहरूले भित्रभित्रै तिनका विषाक्त हतियारहरूलाई तिखारेर षड्यन्त्रको जालो बुन्न थाले । मार्क्सवाद-लेनिनवाद र माओवादका पक्का अनुयायीहरूलाई चयन गरेर चीनमा पुँजीवादी व्यवस्था लागू गर्नका लागि चिनियाँ संशोधनवादी गुटले माओको मृत्युको महिना दिन पनि नपुग्दै चियाङ चिङ, च्याङ चुङ चियाओ र अन्य क्रान्तिकारीहरूमाथि ‘कथित चार गुट’ भन्दै गिरफ्तार गरेर प्रतिक्रान्तिको बीजारोपण गर्यो ।

त्यसैअनुरूप पुँजीवादी बाटो लिएका सत्तासीन व्यक्तिहरूको विरुद्ध सङ्घर्ष गरेर सर्वहारा अधिनायकत्वको सुदृढीकरण र समाजवादी व्यवस्थाको विकासको लागि, समाजवादी ढाँचाअनुरूप नभएका शिक्षा, साहित्य, कला र संस्कृतिलाई सही रूप दिनको लागि माओले ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को सूत्रपात गरेर सामाजवादी व्यवस्थामा नयाँ आयाम थपे । तसर्थ, महान् सर्वहारा सांस्कृतिक क्रान्ति माओवादको सशक्त व्यावहारिक रूप हो । यो माक्र्सवाद–लेनिनवादको ज्ञानभण्डारमा थप योगदान र विश्व कम्युनिस्ट आन्दोलनको महान् उपलब्धि हो ।

 

आज माओवाद सामन्तवाद तथा साम्राज्यवादविरुद्ध लड्ने आधारभूत सिद्धान्त बनेको छ । माओवाद नै संशोधनवादसँग जुध्ने सशक्त हतियार हो । आज माओलाई आक्रमण गर्नेहरूले माओवादमाथि आक्रमण गरिरहेका छन् र साम्राज्यवादी–सामाजिक साम्राज्यवादी शक्तिलाई खुला सहयोग पुर्याइरहेका छन् । यसले एकातिर विश्वस्तरमा अन्तर्विरोधलाई झन् चर्काएको छ भने अर्कोतिर हरेक देशका शोषित पीडित जनताले चलाउने आन्दोलन र जनवादी क्रान्तिलाई दबाएर साना राष्ट्रलाई आफ्नो नियन्त्रणमा राख्ने साम्राज्यवादी तथा सामाजिक साम्राज्यवादी शक्तिबीचको होडबाजी झन् बढेको छ । त्यसैले यतिखेर माओले “विश्वमा दुईवटा सम्भावनाहरू छन् कि त क्रान्तिले युद्धलाई रोक्नेछ कि युद्धले क्रान्तिलाई जन्माउनेछ” भन्ने भनाइ निकै मननीय प्रतीत हुन्छ ।

mao2

तसर्थ, आज हामी अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा विचारक माओको १२४ औँ जन्मजयन्ती मनाइरहेका छौँ । हामी उहाँको जन्मदिनलाई उत्सवको रूपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा न्यानो अभिवादन गर्न चाहन्छौँ । छिमेकी चीनको हुनान प्रान्तको साओसान गाउँमा एक मध्यम किसान परिवारमा जन्मनुभएका माओ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ चीनको बहुचर्चित लामो अभियान, जापान विरोधी युद्ध (सन् १९३७–४५) र मुक्ति युद्ध (सन् १९४६–४९) का नेता एवम् नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ क्रान्तिपछि चीनलाई समाजवादी बाटोमा लैजाने वा पुँजीवादी बाटोमा भन्ने प्रश्न टड्कारो बनिरहेको बेला सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वास्तविक नेता पनि हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजस्र स्रोतसमेत हुनुहुन्छ । आज माओ विश्व इतिहासकै महापुरुषहरूमध्ये एक बन्नपुग्नुभएको छ ।

माओले दर्शनका क्षेत्रमा विकास गर्नुभएको ‘विपरीतहरूको एकता-सङ्घर्ष–रूपान्तरण’ को नियम, ‘दुई एकमा संयोजन होइन, एक दुईमा विभाजन हुन्छ’ भनी द्वन्द्ववादको उक्त नियमको विस्तार, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा रुसी समाजवादी मोडेलका कतिपय नीतिको आलोचना एवम् ‘दुई खुट्टामा टेकेर हिँड्ने अर्थनीति’, ‘राजनीतिलाई पक्र, उत्पादन बढाऊ’ भन्ने मान्यता र वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्धको सैनिक रणनीति, नयाँ जनवादी राज्यव्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त आदि मार्क्सवाद-लेनिनवादको विकासमा सार्वभौम योगदानहरू थिए ।

पार्टी निर्माणको सवालमा ‘एउटा क्रान्तिकारी पार्टीबिना, मार्क्सवाद-लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित र मार्क्सवादी-लेनिनवादी पद्धतिमा आधारित पार्टीबिना श्रमजीवी वर्ग र जनसमुदायको व्यापक हिस्सालाई नेतृत्व प्रदान गर्न र साम्राज्यवाद र त्यसका पाल्तु कुकरहरूलाईपराजित गर्न सम्भव छैन’ भन्ने मान्यता अघि सार्नुभयो । साथै वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सही कुराको निर्धारण गर्दछ भन्ने मान्यता अघि सार्दै नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका निम्ति माओले पुँजीवादी अड्डामाथि बम वर्षाऊ, विद्रोह गर्नु जनताको अधिकार हो, भन्ने नाराका साथ पार्टीको उच्च ओहोदामा पुग्न सफल भएका संशोधनवादी गद्दारहरूका विरुद्ध सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गर्नुभयो । त्यस्तै, माओले माक्र्सवाद लागू गर संशोधनवाद होइन, खुला र स्पष्ट होऊ छलछाम र षड्यन्त्र नगर, एकताबद्ध होऊ नफुट’ अर्थात् ‘तीन गर, तीन नगर’ भन्ने साङ्गठानिक क्षेत्रमा एउटा महत्वपूर्ण प्रस्तावना अगाडि सार्नुभयो ।

mao-1

त्यस्तै, पार्टीभित्र चल्ने अन्तर्विरोधलाई पार्टीको जीवन बनाउनुहुने माओले पार्टीमा उत्पन्न भएका दक्षिणपन्थी विसर्जनवाद र उग्रपन्थी दुस्साहसवादका विरुद्ध भीषण दुईलाइन सङ्घर्ष चलाउनुभयो भने विश्व कम्युनिस्ट आन्दोलनभित्र खु्रश्चोभी नवसंशोधनवादका विरुद्ध महान् बहस चलाउनुभयो र त्यो प्रक्रियामा माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको प्रतिपादन गर्नुभयो । त्यसैले त आज संसारभरका क्रान्तिकारीहरूले मार्क्सवाद-लेनिनवाद-माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अपनाउँदै आएका छन् ।

हामी नेपालका क्रान्तिकारीहरूलाई क्रान्तिको नयाँ लहरको नेतृत्वका लागि तयार रहन आह्वान गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । साहसका साथ अघि बढेमा साम्राज्यवादी-विस्तारवादीहरू शक्तिशाली हतियारको आडमा जतिसुकै बलमत्त भएर नेपाली शोषित पीडित जनताको विरुद्धमा जति जाइलागे पनि यो नेपाली मुलुक शोषित पीडित नेपाली जनताको नै हो । मालेमावादी मर्मलाई दर्हो गरी समातेको खण्डमा यस्ता प्रतिक्रान्तिकारी हमलाले जनताको क्रान्तिकारी वेगलाई रोक्न सक्नेछैन । त्यसैले, क्रान्तिकारी कार्यदिशाको अवलम्बन गर्दै देशीय सामन्तवाद, अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादविरुद्ध जोडदार सङ्घर्ष चर्काउँदै अधुरो रहेको नेपाली जनक्रान्तिलाई सफल पार्न एकजुट भएर क्रान्तिमार्गमा लाग्नु नै क्रान्तिकारीहरूको मूल दायित्व हो । दस वर्षको महान् जनयुद्धलाई इतिहासको कष्टकर कथाका रूपमा होइन, अग्रगामी र सुन्दर भविष्यको प्रेरणाका रूपमा लिनैपर्दछ । माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिको कार्यदिशालाई पक्रँदै क्रान्तिको मार्गमा अघि बढ्नु हो ।

विश्व सर्वहारावर्गका महान् नेता कमरेड माओको संस्मरण र सम्मानमा विश्वभर १२४ औँ माओदिवस मनाइँदैछ । माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याउनु भयो र समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनुभयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा गर्नुभएको योगदान सार्वभौमिक छन् । माक्र्सवाद–लेनिनवाद–माओवादको त्यसैको परिणाम हो । आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको तथा विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको अवस्था छ । आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउनु र एकीकृत जनक्रान्तिलाई समृद्ध तुल्याउँदै नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढ्नु हो ।

वास्तवमा माओलाई सम्झनुको अर्थ एकीकृत जनक्रान्तिको कार्यदिशालाई पक्रँदै क्रान्तिको मार्गमा अघि बढ्नु हो । कमरेड माओको १२४ औं दिवसको यो महान् अवसरमा हामी कमरेड माओप्रति विशेष स्मरण र सम्मानका साथ अभिवादन गर्न चाहन्छौँ । तसर्थ, माओलाई सम्झनुको अर्थ क्रान्ति पूरा गर्न प्रतिबद्ध हुनु हो ।

मलाई मेरै माटोको रङ्ग मन पर्छ 

rishi-raj-baral

मलाई मेरै माटोको रङ्ग मन पर्छ । म यसैको गन्धमा रमाउँछु । म यसैको गन्धमा रमाउँछु । अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू वरिपरको परिवेश, व्यक्तिको...

हुम्लाको उत्पादन र जनजीवन

dipendra

नल्लाको झोलुङ्गे पुल तरेर त्यहाँको सुधारिएको सात घट्ट हेर्न जाँदा ल्वासुरका तन्नेरी धामी गोरखबहादुर शाहीसँग भेट भयो । उनले नल्लालहरुको जग्गा कम भएको र जिजुबाजेको दिनदेखि घट्ट कुरेर गुजारा टार्दै आएको जानकारी दिए । त्यहाँ लेख, माझा, छिप्रा, खर्पेलगाउँ र स्याप्नेबाट घट्ट...

थारु सम्बत् र नयाँ नेतृत्व चयन

unnati

“गंगा लहाए सब कुछ पाए, कुँवा लहाए थोर थार पाए, नल्का लहाए कुछ ना पाए” (नदिमा नुहाए सोँचेको सबै प्राप्त हुने, ईनारमा नुहाए केही मात्रमा प्राप्त हुने र धारामा नुहाए केही पनि नपाउने) भन्ने उखानले माघी र थारुहरूको ईतिहासलाई जाेडेकाे छ ।...

पशुपतिनाथकाे अाँगनमा यस्ताे भाेगियाे

mina

मन्दिर जाँदै हुनुहुन्छ हो ?  एउटा अपरिचित आवाज हावाले बेस्कन कानमा ठोकायो । मैले उत्तर दिए, हजुर दर्शन गरौँकी सोचेर आको ! समयले कहिले आस्तिक र कहिले नास्तिक बनाइ दिन्छ । आज म पनि दिल खोलेरै आस्तिक भैदिएकी छु, मानौँ मन्दिरको पुजाले...