Dabali News

  • Ad

स्लिम बन्ने तरिका अहिलेसम्कै सजिलो तरिका

shape-figure

१० पुस

तहाईँ हामीलाई अाफ्नाे शरीरकाे अनावश्यक माेटाेपनबाट दिक्क भएका हाैला नै । यसमा चिन्ता लिनु पर्दैन । दैनिक जीवनयापनमा ध्यान पुर्याए पुग्छ । 

१‍. प्रोटिन बढी खाने

फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम बन्न चाहनेले यस्ता खानाको मात्रा कम गरेर प्रोटिनजन्य खाना बढी खाने गर्छन् । तर, औसतभन्दा बढी प्रोटिन हाम्रो शरीरले ग्रहण ग¥यो भने यो शरीरभित्र फ्याट र सुगरमा परिवर्तन हुन्छ, जसले गर्दा स्लिम हुनुको सट्टा थप मोटाइने जोखिम बढ्छ ।

२. जुस खाने

ब्रेकफास्टले गर्दा शरीरको वजन अझ बढ्ने डरले डायटिङ गर्नेहरू बिहान एक ग्लास जुस पिएर खाली पेट बसेको भन्ठानी मनमनै रमाउने गर्छन् । तर, यसले उल्टो नतिजा दिन्छ । जुस पिउनाले रगतमा सुगरको मात्रा बढ्छ, जसले गर्दा शरीरमाअतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ । अतिरिक्त इन्सुलिनले भोक लगाइरहने गर्छ, जसको कारण स्लिम बन्नुको सट्टा अझ मोटाइन्छ ।

३. दुब्लाइएन भनेर खिन्न हुने

व्यवस्थित रूपमा डायटिङ गर्न थालेको सुरुको दुई साता वजन उल्लेख्य मात्रामा घट्छ । दुई सातापछि वजन घट्ने क्रम कम हुन्छ । वजन घट्ने क्रम भएपछि ‘डायटिङ गरेर पनि स्लिम भइँदैन रहेछ’ भनेर खिन्न हुने र फेरि पहिलेकै जस्तो खानपान र जीवनशैलीमा फर्किने धेरै हुन्छन् । सुरुको दुई साताजस्तै ह्वात्तै शरीरको वजन कम गर्न सम्भव छैन भन्ने कुरा नबुझ्ने गल्ती धेरैले गर्छन् ।

४. कम सुत्ने

बढी सुत्नाले वजन बढ्ने डरले डायटिङमा लागेका मानिस कम सुत्ने गर्छन् । तर, स्लिम शरीरका लागि पर्याप्त निद्रा आवश्यक पर्छ । अनिद्राले भोकको स्तर निर्धारण गरिदिने गर्छ । अर्थात्, कम सुत्नुभयो भने तपाईंलाई बढी भोक लाग्छ, जसले गर्दा वजन घट्नुको सट्टा उल्टो बढ्छ ।

५. व्यायाममा निरन्तरता नदिने

व्यस्तताले गर्दा नभ्याएको भन्दै दुब्लाउने अभियानमा लागेकाहरूले कहिलेकाहीँ नियमित व्यायामसमेत नगर्न गर्छन् । दुब्लाउने प्रक्रियाअन्तर्गत रहँदा व्यायाम र खानपानको सन्तुलन मिलाउन सकिएन भने शरीरको वजन उल्टो बढ्नसक्ने भएकाले व्यस्ततालाई बहाना बनाएर व्यायामलाई निरन्तरता नदिने गल्ती भरिसक्के गर्नु हुँदैन ।

६. एउटै खालको व्यायाम गर्ने

स्लिम बन्न चाहनेमध्ये अधिकांशले सधँै एकैखालको व्यायाम गर्ने गर्छन् । कुनै एउटा किसिमको व्यायाम गर्दा यसले शरीरका केही निश्चित भागमा स्टे«ेस पैदा गर्ने र त्यहाँका मांसपेशीलाई चलायमान बनाउने काम गर्छ । तर, सधँै त्यही व्यायाम दोहो¥याउँदा शरीरका अन्य भागमा कसरत पुग्दैन । जसले गर्दा सोचेजति स्लिम बन्न सकिँदैन ।

७.कसरत नबढाउने

शरीरको वजन घटाउन चाहने शहरियाहरूले घरभित्रै जडान गरिएका मेसिनहरूमा दगुर्नेलगायत गर्छन् । यसो गर्नु राम्रो हो, तर सधँै यसैमा अल्झिनु चाहिँ पर्याप्त होइन । कसरतलाई बिस्तारै बढाउँदै लग्न सकियो भने मात्रै वजन घटाउने क्रमलाई निरन्तरता दिन सकिन्छ ।

८. अल्छी गर्ने

कसरत गर्न अल्छी गर्नाले पनि चाहेजति स्लिम बन्न नसक्ने हुन्छ । ‘आज ज्यादै थाकेको छु, कसरत गर्दिनँ’ भन्ने खालका गल्ती धेरैले गर्छन् । यसो भन्नुको सट्टा ‘आज १० मिनेट मात्रै कसरत गर्छु’ भन्नुस् । कसरत गर्न थालेपछि यसको अवधि आफैँ बढ्छ । किनकि, कसरतले शरीरको थकान र आलस्य दुवै हटाउँछ ।

९. भोजनको बेला मन डुलाउने

भोजनको बेला रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुराकानी गर्ने, कसैले पढ्दै गरेको सुन्ने जस्ता काम गर्ने गर्नुभएको छ भने आजैदेखि छोडिहाल्नुस् । किनकि, यस्ता कुरामा मन डुलाएर खान थालियो भने थाहै नपाई बढी खाइन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यसरी खाना खाँदा मानिसले १५ प्रतिशत बढी खाने गरेको जनाइएको छ ।

१०. फ्याटफ्री अथवा सुगरफ्री खाना

स्लिम बन्ने होडबाजीमा बजारमा पाइने फ्याटफ्री अथवा सुगरफ्री खाद्य परिकार खाएर मख्ख पर्ने गल्ती डायटिङ गर्नेहरूले गर्ने गरेका छन् । तर, कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्ता खानाले सामान्य अवस्थामा खाइने खाना खाँदाभन्दा बढी क्यालोरी ग्रहण गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक  अझ लगाउने गर्छ । जसले गर्दा खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ ।

११. खाना कम खाने

स्लिम बन्ने बहानामा खाना कम खाने बानी धेरैमा हुन्छ । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको इन्टेक पनि घट्छ । परिणामतः शरीर निरोगी र बलियो बन्न पाउँदैन । खाना कम खाँदा न्युट्रिसन्स र भिटामिन्सजस्ता शरीरलाई निरोगी र बलियो राख्ने तŒवको मात्रा पनि घट्न पुग्छ । यसले अनेक खालका रोग निम्त्याउन सक्छ । स्लिम बन्न खाना घटाउने गल्ती गर्नुको सट्टा पोषणयुक्त खाना सन्तुलित मात्रामा खाने गर्नुपर्छ ।

  • एजेन्सीकाे सहयाेगमा

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...

फेटोको दोस्रो साधारण सभा सम्पन्न

feto

काभ्रे । नाट्य संस्था महासंघ (फेटो) नेपाल काभ्रे शाखाकाे दोस्रो साधारण सभा  सम्पन भएकाे छ । बनेपामा अायाेजित एक कार्यक्रममा राप्रपा नेपालका काभ्रे सचिव राजेन्द्र केसीले कुनै पनि संस्था बलियो हुनको लागि समुहमा रहेका ब्यतिहरुको महवपूर्ण भूमिका रहने बताए । कार्यक्रमका प्रमुख...

क्रान्ति छाेडेर प्रचण्ड-बाबुराम विदेशीका तलुवा चाटिरहेका छन्ः विप्लव

biplav-prakask-chandra

काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव विप्लवले प्रचण्ड-बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेकाे बताएका छन् । उनले प्रचण्ड-बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिकाे यात्रा नराेकिने समेत बताए । अख्तियारकाे पूर्व प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे अभिनन्द कार्यक्रममा अाइतबार बाेल्दै विप्वले दलाल...