Dabali News

  • Ad

भुजुङ गाउँको ‘घाँटु सिडी’ विमोचन

ghatuu

१० पुस

लमजुङ ।

जिल्लाकाे भुजुङ गाउँमा रहेको लाली गुराँस युवा क्लवको आयोजनामा निर्माण गरिएको ‘घाँटु सिडी’ विमोचन गरिएकाे छ ।

शनिबार पोखरा १३ भद्रकालीमा रहेको भुजुङ युम्पो तमु समाजको हलमा गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिडी र १२ औं लाली गुराँस खुल्ला गोल्डकपको सिडी विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वेदबहादुर गुरुङ (श्याम)ले गुरुङ बस्तीबाट पूर्णरुपमा लोप भईसकेको घाँटु नाँचलाई भुजुङबासीले संरक्षण गरेको भन्दै यसको उचित संरक्षणमा लाग्नुपर्ने बताए । उनले भुजुङ गाउँमा धेरै विशेषतामध्ये घाँटु पनि एक भएकाे बताउँदै भुजुङ गाउँको घाँटु गुरुङ संस्कृति र घाँटुको बारेमा अध्ययन, अनुसन्धान तथा शोधपत्र तयार गर्ने विद्यार्थीहरुका लागि अध्ययन गर्ने प्राकृतिक पाठशाला जानकारी समेत दिए ।

भुजुङ युम्पो तमु समाज पोखराका अध्यक्ष रामचन्द्र गुरुङले गाउँको संस्कृति जर्गेण गर्नका लागि युवाहरुले गरेको प्रयासको प्रसंशा गरे । त्यस्तै भुजुङ गाविसका सचिव हरिकृष्ण आचार्य, अन्नपूर्ण संरक्षण क्षेत्रय आयोजना भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ता, जिफानका प्रथम उपाध्यक्ष राजेश गुरुङ, ह्वाईट लोटस स्टुडियोका प्रबन्धक युगबहादुर गुरुङ, भुजुङ युम्पो तमु समाज पोखराका पुर्व अध्यक्ष सु.आसवीर गुरुङ, लाली गुराँस युवा क्लवबका संस्थापक अध्यक्ष खिमबहादुर गुरुङ, तमु संसार त्रैमासिकका सम्पादक रोशनी गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सिडी निर्माणमा विभिन्न पक्षबाट सहयोग गर्ने कलाकार प्राविधिकलाई सम्मान गरिएको थियो । लाली गुराँस युवा क्लबका अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यमबहादुर गुरुङले गर्नुभएको थियो भने कोषाध्यक्ष जमुना गुरुङले स्वागत गरेकी थिइन ।

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

बोक्सी कूप्रथाविरुद्धकाे चलचित्र ‘अग्निदहन’ सम्पादनमा 

boksi

काठमाडौँ । बोक्सा बोक्सी हुदैनन् र बोक्सा-बोक्सीको आरोपमा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सन्देश फैलाउने उद्देश्यले ‘राष्ट्रिय जागरण प्रतिष्ठान’ले बिगत केही बर्षदेखि कार्यक्रम गरिरहेकाे छ । बाेक्सीबारेकाे अन्धविश्वासविरुद्ध जनचेतना जगाउन ‘अग्निदहन’ चलचित्र ल्याउन लागेकाे छ । याे संस्थाले यसअघि ‘मान्छे बोक्सी हुन्न...

छक्कापन्जा पाइरेसी प्रकरणः दीपकराजकै ठूलाे स्वार

dipak-dipa-krishna

काठमाडाैँ । चलचित्र छक्कापन्जा पाइरेसीकै कारण अात्महत्या गरेका नवलपरासीका कृष्ण सुवेदीकाे पाेष्ट मार्टम रिपाेर्ट नअाउँदै दीपकराज गिरीले प्रहरीमा छानविनकाे लागि उजुरी दिएका छन् । छक्कापन्जका निर्माता गिरीकै धम्कीका कारण अात्महत्या गरेकाे अाराेप लागिरहेका बेला उनले शनिबार साे उजुरी दिएका हुन् । ‘जाे...

अज्ञात समूहकाे अाक्रमणमा परी गायक गाैतम घाइते 

basant

मलेसिया ।  गायक वसन्तराज गौतम अज्ञात समुहको आक्रमणबाट घाइते भएका छ्न । मलेसियाको क्वालालम्पुर कोतरायास्थित एक नेपाली रेष्टुरेण्टमा रहेका गौतममाथि आइतबार घरेलु हतियार प्रयोग गरी अाक्रमण भएकाे थियाे । अाक्रमणकारीकाे पहिचान हुन सकेकाे छैन् । भेरी गंगा म्युजिक प्रालीका प्रबन्ध निर्देशक समेत...