Dabali News

Ad

सातौं राष्ट्रिय खेलकुदः उद्घाटन राष्ट्रपतिबाट, समापन प्रधानमन्त्रीबाट

८ पुस

विराटनगर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छन् ।

शुक्रबार विराटनगरस्थित शहीद रंगशालामा प्रतियोगिताको औपचारिक उदघाटन भएको हो । राष्ट्रपति भण्डारीले विद्यालयस्तरदेखि नै महत्व दिन सकेमा खेलकदको विकास हुने बताइन् । उनले खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्नेमा जोड दिइन् ।

यसैगरी युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले अन्यौलताका बाबजुद पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।

हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।

पुस १५ गते समापन हुने प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री प्रचण्डले गर्नेछन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com