Dabali News

पुरुषमाथि राज्यबाटै हिंसा

 

पुरुषहरु जन्मजात बलियो र कठोर मनका हुन्छन् र हुनुपर्छ भन्ने आम मानिसको सोँच र विचारलाई चित्रण गरेर लेखिएको गीत ‘लोग्ने मान्छे भएर रुँनु हुन्न रे’ भन्ने गीत योगेश्वर अमात्यले गाउँदा गीत-संगीतको दुनियाँमा हलचल नै पैदा भएको थियो । कारण यस गीतमा नजानिदो तवरले पुरुषहिंसाको कुरा लुकेको थियो । तथापी कोही पनि यो कुरा खोतल्न तयार थिएन, न त यो कुरा स्वीकार्न नै । मानसिक पीडामा होस् वा शारीरिक पीडामा पुरुष सहनशील कठोर जर्खरिएको हुनुपर्ने भावनालाई आम जनमानसमा गीतका रुपमा  गुञ्जीरहदा पनि पुरुषमाथि पनि हिंसा हुन्छ पुरुष पनि पीडित हुन्छन्, पुरुषको आँखामा पनि आँसु आउँछ, पुरुष पनि आफ्नो मानसम्मानमा चोट लाग्दा वा पीडा हुँदा मन दुख्दा रुन्छन् भनेर आवाज उठाउन कोही तयार नदेखिनु बिडम्बना हो ।

पुरुष हिंसाको कुरा गर्दा पुरुषमाथि शारीरिक र मानसिक दुइखाले हिंसा हुने गरेका छन् । शारीरिक हिंसाको पहिचान गर्न सजिलो भएता पनि मानसिक हिंसाको पहिचान गर्न त्यति सजिलो छैन। सहज रुपमा भन्नु पर्दा पुरुषलाई मानसिक वा मनोवैज्ञानिक रुपमा आघात पुराउने खालका हिंसालाई मानसिक हिंसा हो भनेर बुझ्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा कानुनले दिएको अधिकारलाई प्रयोग गरी कानुनको सहारा लिई वा ईमोशनल ब्ल्याकमेल गरि दिने मानसिक हिंसालाई उदाहरणको रुपमा लिन सकिन्छ । यस बाहेक पुरुषलाई शब्दका रुपमा प्रक्षेपण गरि बोलिने नामर्द, नपुंसक, जोइटिङ्ग्रे, हुत्तिहाराजस्ता शब्दको प्रयोगलाई पनि पुरुषविरुद्धको हिंसाको रुपमा लिन सकिन्छ ।

नेपालको न्यायालयको अभ्यासलाई हेर्ने हो भने पुरुषले दायर गरेको सम्बन्ध बिच्छेदका मुद्धाहरु दावी बमोजीम सम्बन्ध बिच्छेद नभएको धेरै र ज्यादातर महिलाकै पक्षमा हुने गरेको देखिएको हुँदा यसै गर्दा हुन्छ भन्न सक्ने अवस्था थिएन । वास्तवमा पुरुषप्रति हिंसा राज्यले नै गरिरहेको भान हुन थालेको छ भन्नेहरुको संख्यामा बृद्धि हुँदै जानु यस्तै खाले अभ्यासहरुले गर्दा नै हो

पुरुष माथि महिलाले मात्र हिंसा गर्ने होईन अर्थात यस प्रकारको हिंसा सधै महिलाबाट नै हुनु पर्छ वा हुन्छ भन्ने छैन, पुरुषले नै पुरुषमाथि पनि शारीरिक र मानसिक हिंसा गरेका हुन सक्छन ति पनि पुरुषविरुद्धको हिंसा नै हुन् । पुरुष विरुद्ध हुने हिंसाबाट पीडित पुरुषहरु विभिन्न प्रकारका मानसिक बिचलनबाट पीडित हुने गरेको पाईएको छ । उदाहरणका लागि पुरुषहरुमा आत्मविश्वासको कमि , अनिन्द्रा, खानामा अरुचि, लज्जाबोध, आफु दोषी भएको महसुस गर्नु, आन्तरिक बेचैनी,मनमा डरले डेरा जमाउनु,एक्लोपन र रित्तोपन,चुरोट-रक्सी र लागु पदार्थको कुलतमा अभ्यस्त हुँदै जानु, एक्लै बस्न रुचाउने, टोलाएर बस्ने, यौनमा रुचि घट्दै जानु,काममा अल्छिपना र आलट्ठयता बढ्दै जानु र काम गराइमा तल्लो स्तरको प्रदर्शन आदि जस्ता मानसिक विचलनहरु हिंसा पीडित परुषहरुमा देखिने गरेको पाईएको छ । यीनै मानसिक विचलनहरुका कारण पुरुषहरु गम्भीर अवस्थामा पुगेर विभीन्न अपराध गर्ने र आत्महत्याको बाटो समेत रोज्ने गरेको पाइएको छ । पुरुष विरुद्धको हिंसाको मानसिक प्रभाव परिवार भित्र छोरा छोरीलाई पनि पर्दछ। यस्ता पुरुष विरुद्धको हिंसालाई नजिकबाट हेरेका बालकहरु पछि गएर हिंसा र बलात्कारका घटनामा संलग्न भएको कुरा विभिन्न अध्ययन र खोजले पुष्टि गरेका छन्।

एकदिन सधैं झैं कार्यालय जाने तयारी गर्दै थिएँ । मोबाईलमा घण्टी बज्यो । फोन उठाएँ । उताबाट एक जना अधवैंसे महिलाको आवाज आयो । उताबाट नमस्तेसहित फररर कुराहरु यसरी बैरियो, ‘बुहारीले घर छाडेर माईतमा बसेकी करीब तीन साढे तीन बर्ष भइसक्यो । लिन जाँदा नि आउँदिन । उल्टै माइतीपक्षहरुले म तथा छोरालाई तथानाम गाली-गलौज गर्छन्, हातपात नै गर्न खोज्छन् । तिमी घर नआउने छोरासँग बस्न नचाहाने हो भने सम्बन्ध बिच्छेद गर । तिमीले कानुन बमोजिम पाउने अंश दिन्छम् भन्दा उल्टै -तेरो छोरालाई तोरीको फूल देखाउँछु सम्बन्ध बिच्छेद नि गर्दिन, तेरो घर नि आउँदिन अर्को बिहे गरेर बसौंला भन्दो हो हेरौंन कसरी बिहे गर्दो रैछ, जेल हाल्न सकिन भनेत’ भनेर थर्काउँछे के गर्ने होला कुनै उपाय छैन ? भनेर एकै सासमा आफ्ना कुरा राखिन् ।

नेपालको सन्दर्भमा भन्नु पर्दा कानुनले दिएको अधिकारलाई प्रयोग गरी कानुनको सहारा लिई वा ईमोशनल ब्ल्याकमेल गरि दिने मानसिक हिंसालाई उदाहरणको रुपमा लिन सकिन्छ । यस बाहेक पुरुषलाई शब्दका रुपमा प्रक्षेपण गरि बोलिने नामर्द, नपुंसक, जोइटिङ्ग्रे, हुत्तिहाराजस्ता शब्दको प्रयोगलाई पनि पुरुषविरुद्धको हिंसाको रुपमा लिन सकिन्छ ।

म एकछिन केहि बोल्न सकिन कारण यसको कुनै अचुक र छिटो छरितो समाधान मसँग थिएन । केटा मान्छेले सम्बन्ध विच्छेद गर्ने कुरा सारै लामो प्रक्रिया थियो । त्यसमा पनि नेपालको न्यायालयको अभ्यासलाई हेर्ने हो भने पुरुषले दायर गरेको सम्बन्ध बिच्छेदका मुद्धाहरु दावी बमोजीम सम्बन्ध बिच्छेद नभएको धेरै र ज्यादातर महिलाकै पक्षमा हुने गरेको देखिएको हुँदा यसै गर्दा हुन्छ भन्न सक्ने अवस्था थिएन । वास्तवमा पुरुषप्रति हिंसा राज्यले नै गरिरहेको भान हुन थालेको छ भन्नेहरुको संख्यामा बृद्धि हुँदै जानु यस्तै खाले अभ्यासहरुले गर्दा नै हो भन्नेमा असहमत हुनुपर्ने देखिदैन ।

  • लेखकः अधिवक्ता हुन् ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com