Dabali News

  • Ad

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा

६ पुस

काठमाडौं ।

पूर्वाञ्चलमा सुरु हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पूर्ण तयारी अन्तिम पूरा भएको छ ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि खेलाडी, खेल पदाधिकारी, प्रशिक्षक तथा दर्शक पूर्वी नेपालतिर लागेका छन् ।

प्रतियोगिता विराटनगर उद्घाटनस्थल भएर धरानमा समापन गरिने राखेपले जनाएको छ । ईटहरी, ईनरुवा, दमकलगायतका ठाउँमा प्रतियोगिताको तयारी सम्पन्न भएको छ ।

विराटनगरको शहिद रंगशालामा भव्य उद्घाटनको तयारी गरिएको छ । सातौँ राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित कुल ३५ खेल समावेश छ । रग्वी, डान्स स्पोर्ट्स, साम्वो, रक क्लाइम्विङ र दोहोरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ ।

यस्तै गल्फ, आर्चरी, फेन्सिङ र स्नुकरका विजेताले पदक प्राप्त गर्ने छैनन् । सातौंमा २९ सय ७१ खेलाडीले एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खेलाडीहरुले २ सय ९४ स्वर्ण र समान २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकको लागि एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्रका तीन विभागीय टोली र पाँच विकास क्षेत्रले सहभागिता जनाउने छन् ।

सातौ राष्ट्रिय खेलकुदका सबैभन्दा बढी खेल सुनसरीमा हुनेछन् । सुनसरीमा ११ खेल हुनेछन् भने मोरङमा १०, झापामा पाँच, सिरहा, धनकुटा, ललितपुर र कास्कीमा एक–एक खेल हुनेछ ।

प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले ११ करोडको बजेट माग गरे पनि अर्थ मन्त्रालयले भने ८ करोड मात्रै निकासा दिएको छ ।

प्रशिक्षक र खेलाडीले भने–सातौँ राष्ट्रिय खेलकुदमा नक्कली खेलाडी खेलाइयो

काठमाडौं । हालै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वैधानिकतामाथि नै प्रश्न चिह्न खडा भएको छ । प्रतियोगितामा फर्जी खेलाडीलाई सहभागिता गराएको प्रशिक्षक र खेलाडीले बताउँदै छानविनको लागि माग गरेका छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्लचबा ६९ केजी तौल समूहमा बक्सिङ खेलमा सहभागिता...

मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाकाे जित

messi

काठमाडौँ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पहिलो...

साक्षी पाएपछि कप्तान धोनीले क्रिकेटलाई गरे बाईबाई

dhoni-sakshi

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीले राजीनामा दिएका छन् । उनले सन् २०१४ मा नै टेष्ट क्रिकेटबाट सन्यास लिईसकेका धोनीले वन डे र ट्वान्टी ट्वान्टी क्रिकेटको कप्तानबाट समेत बाहिरिएका छन् । इङ्ल्याण्डबिरुद्धको वन डे सिरिज सुरु हुन १० दिनमात्र...

आर्सनलले लगातर तीन गरेपछि हारबाट बच्याे 

arsanal

काठमाडौं । आर्सनलले लगातार तीन गाेल गरेपछि बर्नमाउथसँग हारबाट जाेगिएकाे छ ।  इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनललाई ३-० ले पछि पारेकाे थियाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खेलकाे ७० औं मिनेटमा अलेक्सीस सान्चेजको गोलमार्फत...