Dabali News

Ad

कुलुंगको नयाँ भिडियाे अस्ट्रेलियाबाट सार्वजनिक 

६ पुस

काठमाडाैँ ।

सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै सार्बजनिक भएको छ । ‘तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिमलाई माया गर्ने मान्छे बन्न पनि सक्दिन म’ बोलको गीतमा अस्ट्रेलियामा बस्दै आइरहेका गायक नरेन कुलुंगले  अवाज दिएका छन् ।

निष्प्रभ सजी र प्रदीप चापागाईंलेकाे गीतमा संगीत संगीत भानुभक्त ढकाल, हेमन्त राना, राजनराज सिवाकोटी, कल्याण सिंह, अर्जुन पोखरेल, आनन्द राइ र न्यूह बज्राचार्यले दिएका छन् | अस्ट्रेलियाबाट सांगीतिक यात्रा ‘उड़ान’ नामक एल्बममा ६ जना गायक गायीका ईश्वर पोखरेल, समीर आचार्य, संजीब पराजुली, सुजाता उपाध्याय र मोक्ष्यदा सिलवाल रहेका छन् ।

२०५७ सालको बाल गीत प्रतियोगिताबाट औपचारिक संगीत क्षेत्रमा प्रबेश गरेका गायक नरेन कुलुंगले हालसम्म सय भन्दा धेरै गीतहरुमा आफ्नो आवाज भरिसकेका छन् । लामो समयपछि कुलुंगको बजारमा आएको गीतले स्रोताको मन जित्ने अपेक्ष्या गरिएको छ |

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad