Dabali News

  • Ad

बर्षा र एस राजले किन गरे ढाेका बन्द ? हेर्नुस् भिडियाे

barsha-shaha

५ पुस

काठमाडौं ।
नायीका वर्षा शिवाकोटी पछिल्लो समय नेपाली चलचित्रका साथै म्युजिक भिडियोहरुमा समेत उतिकै व्यस्त हुन थालेकी छिन् । हालै गायक प्रितम लामाको मेहेन्दो माया बोलको गीतको म्युजिक भिडियोमा उनी मोडल एस राजसँग देखा परेकी छन् ।
 भिडियोमा  रमणीय दृश्यहरुका साथै वर्षा र एस राजको रोमान्स देख्न सकिन्छ । मेहेन्दोको अर्थ तामाङ भाषामा फूल हुन्छ ।
उर्जेन लामाको शब्द तथा संगीत रहेको गीतलाई सुनिल बर्देवाले संगीत संयोजन गरेका हुन् ।
रामेछापमा जन्मी हेटौंडालाई कर्मथलो बनाएका लामाले बिगत ६ वर्ष देखि संगीत साधना गर्दै आएका छन् । निकेश खड्काद्वारा निर्देशित भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् ।
तामाङ सेलो भाकाका गीतहरु नेपाली भाषामा निर्माण हुने क्रम कम भएको समयमा गायक लामाको यो गीतबाट सांस्कृतिक एकता र विकासमा थप योगदान मिल्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालमा पहिलो पटक सौन्दर्य प्रतियोगीता हुने

Road 2 Model

काठमाडौं । सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवा युवतीको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल २०१७’ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्था दाबी छ । सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको...

धुर्मुस-सुन्तलीले निर्माण सुरु गरे तेस्रो नमूना बस्ती

dhurmus-suntali

काठमाडौं । कलाकार सीतारमा कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले तेस्राे तेस्रो एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन् । महोत्तरी, बर्दिवास नगरपालिका-२ स्थित मुसहर बस्तीमा उनीहरुले बस्ती निर्माण सुरु गरेका हुन् । नमूना बस्तीको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसहित...

वरिष्ठ नाट्यकर्मी विष्णुभक्तकाे अभिनयकै क्रममा निधन

biswbhakt

काठमाडाैँ । वरिष्ठ नाट्यकर्मी एवं अभिनेता विष्णुभक्त फुँयालको नाटक गर्दागर्दै निधन भएकाे छ । रङ्गमञ्चका अनुशासित फुँयालकाे नाटक ‘याज्ञवाल्क्य’मा अभिनय गर्दागर्दै नाचघरमा निधन भएको हाे । अभिनयकै क्रममा बेहाेस भएका फुँयाललाई उपचारकाे लागि वीर अस्पताल लगिएकाे थियाे । उपचारकै क्रममा उनकाे निधन...

कुलुंगको नयाँ भिडियाे अस्ट्रेलियाबाट सार्वजनिक 

lungur-new-vedio

काठमाडाैँ । सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै सार्बजनिक भएको छ । ‘तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिमलाई माया गर्ने मान्छे बन्न पनि सक्दिन म’ बोलको गीतमा अस्ट्रेलियामा बस्दै आइरहेका गायक नरेन कुलुंगले  अवाज दिएका छन् । निष्प्रभ...