Dabali News

  • Ad

करोडौंका उपकरण जलाउने ठगी धन्दाको एक वर्ष

कर्णालीको स्वास्थ्यमा कालो दिन

karanali-helth-1

३ पुस

जुम्ला ।

कर्णाली र पिछडिएको क्षेत्रको स्वास्थ्यमा क्रान्ति ल्याउने विश्वास गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं मूल्यका उपकरणहरु जलाइएको आज ठीक १ वर्ष पुगेको छ ।

ल्याव कक्षसहितको उपकरण जलेपछि प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन । अर्कोतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्ट्राचार सम्बन्धी मुद्दा अख्तियारको बाटोमा नै गायव पारिएको छ ।

प्रतिष्ठानद्वारा संचालित शिक्षण अस्पताल जुम्लामा ल्याव र उपकरणहरु जलाइए पछि विरामीहरु रगत, खकार जाँच जस्ता आधारभूत सुविधाबाट पनि भएका थिए । भ्रष्ट्राचारबाट जोगिन राज्यको लाखौंको सम्पत्ति जलाइकोे भनी सर्वत्र आलोचना गरिएको थियो ।

karanali-helth-2

तत्कालीन उपकुलपति पारस आचार्य, रजिष्ट्रार श्याम लम्साललगायतका पदाधिकारी, कर्मचारी र उपकरण सप्लायर्स कम्पनीको मिलोमतोमा आगो लगाइएको जुम्लावासीले आरोप लगाइ रहेका छन् ।

आगलागीको सत्यतथ्य सार्वजनिक हुन नसक्दा उपकरणहरु जुम्लामा नै नपुर्याइ करोडौं बजेट ठगीको धन्दा लुकाउन आगो लगाइएको हुन सक्ने नेकपा(क्रान्तिकारी माओवादी) जुम्ला जिल्ला सेक्रेटरी जीवन शाहीले बताए । आगलागि छानविनसम्बन्धी प्रतिष्ठानको सिनेटले पनि ठोस निर्णय लिन सकेको छैन ।

karanali-helth-3

नक्कली परीक्षार्थीदेखि प्रश्नपत्र आउटजस्ता विवादहरुमा मुछिएको प्रतिष्ठानका लागि आगलागिको घटनाबारे सत्यतथ्य सार्वजनिक नहोउन्जेल पुस ३ कालो दिनका रुपमा रहिरहनेछ ।

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

यातायात मन्त्रीले भारतकाे राष्ट्रिय गान गाएपछि…

ramesh - national-anthem-of-india

कैलाली । नेपाल सरकारका भाैतिक तथा यातायात मन्त्री, ठाउँ धनगढी, कार्यक्रम नेपालकै तर राष्ट्रिय गान भने भारतीय । बिहीबार धनगढीकाे क्याम्पस राेडमा अायाेजित कार्यक्रमका विशेष अतिथि थिए भाैतिक तथा यातायात मन्त्री रमेश लेखक । साेही कार्यक्रमका प्रमुख अतिथि थिए नेपालस्थित भारती राजदूत...

पार्टीकै पत्रकारले भने-सञ्चारमन्त्री महिला-मदिरामा बिके, कालोमोसो दल्छौँ

Ram-Karki-minister

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की र उनकै पार्टी निकट पत्रकारहरुबीचको अन्तरविरोध शिखरमा पुगेको छ । कार्कीले हरेक निर्णयमा पार्टी निकट पत्रकारहरुलाई बाइपास गर्ने गरेको आरोप प्रेस सेन्टरका नेताहरुले लगाउँदै आएका थिए । बिहीबारको मन्त्रिपरिषबाट रेडियो...

पार्टीकाे नामबाट ‘माअाेवाद’ हटाउने प्रस्तावसँगै दिल्लीबाट अायाे विप्लवलाई यस्ताे पत्र 

Bimal

कमरेड विप्लव अभिवादन । तपाईंले आउने महाधिवेशनबाट माओवाद छोड्ने प्रस्ताव गरेकाे समाचार सामाजिक सञ्जालमा देखेँ र केही पत्रिकामा समेत पढेँ । पार्टीको अधिकारिक निकायभित्र पनि केही छलफल गरेकाे पनि सुनेँ ।  याे समाचारले मलाई गम्भीर र भाबुक बनायाे । मैले तपाईंलाई चिनेको...