Dabali News

  • Ad

ॐ हस्पिटलः लुटको अखडा, डाक्टर पापी

om-hospital

२ पुस

मलाई जिन्दगीले गनिगनि नै चोट दिएको छ । एउटा मात्र पीडा छैन, गन्न नसक्ने क्षण छन् । सबै एकएक गरी मानसपटलमा तैरिन्छन् ।
आखिर कहाँ छ हामीलाई खुसी दिने त्यो भगवान् ? अनि कहाँ छ त्यो ईश्वर ? हामीलाई खुसी दिने एउटा अदृश्य शत्तिलाई मान्छौँ, कहाँ गए ति सब ? सपनाका महलहरु भत्किँदै गए, जिन्दगीमा अनगिन्ती चोटहरु थपिँदै गए, म सहँदै छु ।

सबैलाई थाहा नै छ, एउटै आमाको काखमा हुर्किएका दाजुभाइ अनि दिदीबहिनीबीच कत्तिको गहिरो अनि सुमधुर सम्बन्ध हुन्छ भन्ने । हो, आज मेरो जिन्दगीको आधा हिस्सा मबाट सदाका लागि टाढा गएको छ । जसले मेरो जिन्दगीलाई सुन्दर बनाउन कतिसम्मको कष्ट गरे आज उनीहरु नै मेरो नजिक छैनन् । यति टाढा गएकी म स्पर्शसम्म पनि गर्न सक्दिनँ । गाहो हुँदोरहेछ कटाउन जिन्दगी, गाह्रो हुँदोरहेछ खप्न पीडा ।
भौगोलिक हिसाबले टाढा त्यो विकट कर्णाली अञ्चलको हुम्ला जिल्लामा एक गरिब परिवार म जन्मिएको हुँ ।

सदरमुखकाम सिमकोटबाट तीन दिनको पैदल हिडाईले मेरो जन्मथलोमा पुगिन्छ । मेरा घर परिवारको मुख्य पेशा कृषि हो । आमाबुवा र घर परिवारसँग कक्षा ५ सम्मको पढाई हँुदासम्म घरमा बस्न पाएँ । तर, कक्षा ६ को विद्यालय नभएकोले गाउँबाट टाढाको दुई दिनको हिडाईमा पुगिने श्री कोट माध्यामिक विद्यालय रोडिकोटमा गएँ । यहाँ मेरो कोही पनि थिनन् ।

रोडिकोट गाविसको नजिकैको गाउँमा कोठा लिएँ । कोठामा बसाईको पहिलो रात मेरो मानसपटकलमा बिचरण गरिरहन्छ । कोठा चिसो थियो, जमिनबाट पानी रसाउने, अनि अँध्यारो मान्छे नबस्ने । पहिलो रातभरी रोएरै ज्यालो बनाए । यो रुवाई एक एक महिनासम्म रह्याे । आमाले पकाएको खानालाई साँझ बिहान सम्झना आउथ्यो । आफ्नो पीडा बिसाउने ठाउँ थिएन ।

बिस्तारै मेरो मन पनि कडा हुँदै गयो । पछि विद्यलायको होस्टेलमा बस्ने निधो गरे । घरमा आमालाई पनि मेरो अनुस्थितिले सताइरहेको थियो । आमा खाने खर्चको भारी बोकेर आउनुहुन्थ्यो । आमा आउँदा खुशी लाग्थ्यो भने जाने बेला रुँन्थे र आमाको आँखाबाट पनि आँसु बग्थे । यसरी एक वर्ष बित्यो ।

मेरा अंकल कक्षा ९ मा अध्ययन गर्न आउनु भयो । मेरा दुःखीले ओत लाग्ने ठाउँ पाए । कक्षा ६ मा पास पनि भए । मेरा घरमा मलाई गाह्रो भएको र खर्च पुर्याउन जान र आउन पनि कठिन भएकाले अलि नजिकको स्कूलको खोजी भएछ । मलाई श्री हिमालयन निमावि मेल्छाममा पढाउने निधो भएछ । जहाँ मेरा गाउँका साथीहरु थिए । बास सँगैबस्न नपाए पनि दिउँसो सार्थीहरुसँग भेट हुने भएकाले मैले पनि घरको निर्णयलाई स्वीकार गरे ।

ॐ अस्पतालले दाईको लासमाथि व्यपार गरिरह्यो । दाईलाई सन्चो नहुने थाहा हुँदाहुँदै पनि अनेक थरी बाहानामा उपचार गरेको नाटक मात्र गरिरह्यो । उपचारको नाममा लासलाई सडाएर २७ लाख असुल्यो । त्यो लुटको अखडामा कोही पनि नजान सुझाव छ मेरो ।

श्री हिमालयन निमाविमा कक्षा ७ मा भर्ना भएँ । त्यहाँबाट पनि फेरि कक्षा ९ मा अध्ययन गर्ने अर्को विद्यालय जानुपर्ने बाध्यता कायमै थियो । मेरी बहिनीले सदरमुखकाम सिमकोटमा छात्राबासको लागि परीक्षा दिएर प्रथम भइन् । उ सिमकोट गई म श्री महादेव माध्यामिक विद्यालयमा अध्ययन सुरु गरे । त्यहाँ पनि मेरा गाउँका साथीहरु थिए । खासै केही दुःखको अनुभूति भएन ।

आजभोली त मेरै गाउँमा कक्षा ८ सम्म अध्ययन गर्नेको लागि विद्यालय सञ्चालन भइरहेको छ । मेरा कान्छा भाई र कान्छी बहिनीहरुले घरमै आमाले पकाएको साग सिस्नु खाएर पढन पाएका छन् । म १४ वर्षका उमेरमा चामल तेल, दाल, तरकारी, नुनको भारी बोकी बिरानो ठाउँमा जाँदै थिए । तर, मेरा साथीहले भने कोही पनि थिएनन् । मेरा कक्षामा दुई जना थियौँ, साथी आफनो मावली घरमा बसेर पढिरहेको थियो । मेरो कोही पनि थिएनन् । मेरो महादेव माध्यमिक विद्यालयको पढाई पनि खासै नराम्रो भएन । गुरुहरुबाट पनि माया पाएकै थिएँ । साथीहरुसँग ढिलो घुलमिल भएँ तर सरहरुसँग छिटो । कक्षा ९ मा पास भए । महादेव माध्यामिक विद्यालयबाट तीन पटकसम्म एसएलसी पास कसैले गर्ने सकेका थिएनन् ।

दुःखको कुरा शिक्षा दिने गुरु र जन्मदिने आमाबुबा भगवान हुन्छन भन्थे तर शिक्षा दिने सर अर्थशास्त्र विषयका सरले अर्थशास्त्रमा फेल गरेर एक वर्ष महादेव माध्यमिक विद्यालयमा ४ जना सार्थीहरुलाई रोक्नु भो । उहाँको मुखबाट राम्रो त्यस्ता शब्द सुनेको थिएँ मैले । कक्षा १० मा एक वर्ष रोकौं पछिल्ला वर्षका विद्यार्थीहरुको भर छैन भन्ने अभिव्यक्ति सुनेको तितो क्षण सधै सम्झि रहन्छु । जब हामीहरु एसएलसीको परीक्षा दियौं विद्यालयमा ११ जना विद्यार्थीमध्ये ६ जना पास र ५ जना पुरक परेछन् । हेडसरले भन्नु भयो बाबु तिमीहरुले विद्यालयको नाम राख्छौं भनेर एक वर्ष रोकेको भन्नुभो ।

म एसएलसी पास भएपछि मेरा घरमा आमाबुबा दाई सबैको खुसीको सीमा नै थिएन । हामी पाँच दाईभाइमध्ये माइला दाई शान्त स्वभावको हुनुहुन्थ्यो । मलाई दाइले धेरै माया गर्नुहुन्थ्यो । आमाबुबाको भनेको मान्ने म बाहिरको विद्यालयमा अध्ययन गर्ने जाँदा खाने कुरा मेरा लागि छुटयाएर राखिराख्नु हुन्थ्यो । प्रकृतिको नियम भनौँ वा अरु कुनै अदृश्य शक्तिलाई दोष दिउँ, मेरो दाईलाई यो संसारमा रहँनु भएन । सम्झिँदा पनि मन भक्कानिएर आउँछ, त्यो दिन जुन दिन मेरो दाइ यो संसार छोडेर टाढा जानुभएको थियो ।

दाईले संसार छोड्नु त भयो नै तर काठमाडौँको ॐ अस्पतालप्रति मेरो गुनासो छ । दाजुले अन्तिम अवस्थामा आमाबुबा छोराछोरी र भाउजुलाई भेट्ने चाहाना राख्नु भएको थियो । लुटको अखडा अस्पताल र पापी डक्टरले उपचारको बाहाना मात्र बनाइरहेका रहेछन् । कहिले यो गर भन्छ कहिले त्यो गर भन्छ अन्तिम हुँदासम्म पनि हाम्रो खर्च मात्रै गराईरह्यो । कतिसम्मका निष्ठुरी बन्न सकेका हुन् मानिसहरु पैसाको नाममा । डक्टरलाई त हामी सबैले भगवान मान्छौँ । जसरी भएपनि डक्टरले हामीलाई नयाँ जिन्दगी दिन्छन् भनेर आश मानेका हुन्छौँ । बिरामी हुँदा डाक्टरलाई सम्झन्छौं । तर ॐ अस्पतालले दाईको लासमाथि व्यपार गरिरह्यो ।

दाईलाई सन्चो नहुने थाहा हुँदाहुँदै पनि अनेक थरी बाहानामा उपचार गरेको नाटक मात्र गरिरह्यो । उपचारको नाममा लासलाई सडाएर २७ लाख असुल्यो । त्यो लुटको अखडामा कोही पनि नजान सुझाव छ मेरो । दाईको अवस्थाबारे हामीलाई जानकारी गराइएन । नर्सहरुले दया मानेका थिए । उनीहरुले गरेको सहयोगप्रति धन्यवाद छ । काठमाडौँ जाँदा चार भाई गएका थियौँ तर फर्कदा तीन भाई मात्र । हामीले आफूलाई विस्तारै समाल्यौँ । त्यही बेला मेरा आफन्ती हरिचन्द्र बुढाथोकीले लगाएको गुणको ऋण अहिलेसम्म तिर्न सकेको छैन । उहाँले दाईको दासंस्कारसम्म साथ दिनु भएको थियो ।

२०७३ सालको भदौ १४ गते जस्तो दिन फेरि कहिल्यै कसैलाई पनि नआओस् । म केही दिनको लागि नेपालगञ्ज गएको थिए । त्यही समयमा मेरो मोबाइलको घण्टी बज्यो । हेर्दा फुपुको छोराले फोन गरेछ । उसले मलाई देखेर फोन गरेछ सोचे, मैले फोन उठाए । उसले ‘कता हुनुहुन्छ दाई’ सोध्यो, मैले नेपालगञ्ज छु । किन र के भो ? उसले मेरो भाई बिरामी भएको खबर सुनायो । म छाँगाबाट खसे जस्तै भएँ, होटेलको कोठामै एक घण्टासम्म बेहोस नै भएछु । केही समयपछि म आफैँ बिउँझिएँ । मेरो दिमागले काम गर्ने थालेछ । म उठेर नेपालगञ्ज नर्सिङ होममा पुगेँ । त्यहाँ मेरो भाई बेडमा बेसहारा जस्तो भएर पल्टिएको देख्दा मैले बोल्नै सकेन आँखाबाट बर्बरी आसुँ खस्न थाले ।

बल्लबल्ल आफुलाई सम्हाल्दै जानकारी लिएँ । भाईले हिजो राती एक्कासी खुट्टाको फिला दुख्यो अरु केही भाको छैन । मैले सामान्य होला सोचेको थिए । घरमा आमाबुबा कसैलाई पनि जानकारी गराएनौँ, सन्चो भईहाल्ला भनेर । जानकारी गराउँ भनेपनि घरमा फोन लाग्दैनथ्यो । मेरी ठूली बहिनीलाई मात्र भाई बिरामी भएको कुरा थाहा थियो । जब डाक्टर आएर सबै एमआरआईदेखि लिएर चेकजाँच गर्नुपर्ने सबै गरिसकेका थिए । रोग केही देखिएन । तर प्यारालाइसिस हुन सक्छ भन्ने जवाफ डाक्टरले दिएका थिए । जति सक्यो छिटो काठमाडौँ अथवा लखनउ लैजाने सल्लाह डाक्टरको थियो । म के गराैँ, कसो गराैँ भयो, पैसा पनि थिएन । एक छिनपछि बहिनीसँग सल्लाह मागे बहिनीले पैसाको लागि केही चिन्ता नलिनु उपचार राम्रो गर्नुहोला भनेपछि तालिमबाट बिदा मागेर निस्किए ।

भाइलाई काठमाडौँको टिचिङ हस्पिटलमा रिफर गरियो । कसरी लैजाने भन्दा जहाजबाटै लिनुपर्ने निधो भो । अनि त्यो दिन अस्पताका कर्मचारीले रिफर ढिलो गरे जहाज टिकट पनि छुटयो । फेरि नर्सिङ होमको इमारजेन्सी वर्डमै राखे । पछिल्लो बिहान ८ बजेर ३० मिनेटमा राँझा एयरपोट पुर्याएँ । मलाई त्यतिखेरसम्म साथ दिने मेरो फुपुको छोरालाई सम्झिन्छु । बुद्ध एयरको जहाज आउन केही समय बाँकी थियो । मेरो १८ वर्षको भाई ह्वील चियरमा बसेको देख्दा सारै मुटु छियाछिया हुन्थ्यो ।

अवस्था निकै कठिन जस्तो भएको थियो मेरा लागि । जिन्दगीले कुन मोडमा लैजाने हो थाहा नै थिएन । काठमाडौँ एयरपोर्टमा पुगेपछि टयाक्सी रिर्जब गरी टिचिङ हस्पिटल गयौँ, त्यहाँ सारै भिडभाड थियो । पहुँच हुनेवालाको मात्रै उपचार भइरहेको थियो । हामी पालो कुरी बसेका थियौँ धेरै बेरसम्म पालो नै आएन । अस्पताल पुगेको धेरै समयपछि बल्ल नाम लेखाएँ अनि भित्र छिरेको त बेड नै खालि थिएन । एउटी नर्सले भनिन एक हप्ता कुर्नुपर्छ ।

मेरा भाइको बिराम एक हप्ता कुर्न पनि सक्ने थिएन । मलाई झन् धेरै चिन्ता हुन थाल्यो । फेरि टयाक्सी रिजर्ब गरि केएमसी हस्पिटलतिर लागे । अस्पतालका एक कर्मचारीसँग लाग्ने खचैबारे सोधेँ । दिनको ५ हजार । अर्को आयो र महिनौँ दिनसम्म राख्नुपर्छ भन्न थाल्यो अनि मैले आफू महिनौँ दिनसम्म राख्न नसक्ने भए पछि फेरि टिचिङ हस्पिटलमा ल्याएँ । ओहोरदोहोर गर्दागर्दै पैसा पनि धेरै सक्किसकेको थियो । समयमै उपचार पाएको भए पनि हुन्थ्यो, त्यो पनि भएन । म कहाँ के गरुँ अलमलमा परेँ । न खानु छ न पिउनु, भोकभोकै बिरामी भाइलाई बोकेर हिँडेको हिँड्यै छु । बल्ल तल्ल पालो कुरेर नाम दार्ता सम्म भएपनि बेडको भने व्यवस्था हुन सकेको थिएन । धौँधौँ दुई जना भएको बेडमा भाइलाई राखेँ । भाई छटपटिएको देख्दा मन मुटु टुक्रा टुक्रा भएर आउँथ्यो तर पनि मैले केही गर्न सकेको थिएन । टिचिङ हस्पिटल हस्पिटलमा हामीजस्ता गरिबको त केही वास्ता नै हुँदैन खाली हुने खानेका बाहेक । भाइको त्यो छटपटी देख्दा म मरेतुल्य भएको थिएँ । आफ्नै देश पनि बिरानो लाग्न थाल्यो । कोही मनकारी मान्छे मैले भेटिन । यस्तो लाग्यो कि दैबले मलाई भनेर खुसीको संसार छोडिदिएनछन् । कहिँ कै मैले खुसी देखेन ।

मिल्ने भए भाईले भोगिरहेको पीडा मैले लिन्थे । तर…बल्लबल्ल अस्पतालमा अस्पतालमा राति मेरो भाईलाई सारै ज्वरो आयो अनि नर्सहरुलाई सोधे सिटामोल खुवाउनु होस भनेपछि मैले भाइलाई सिटामोल दिएँ । आफन्तीहरु अरु कोही थिएनन् भाइ र म बाहेक । अरुका त एक जना बिरामी कुरुवा २ जना अनिवार्य हुदा रहिछन । हाम्रो त सम्भवै थिएन । जब बिहान भयो भाईलाई भोक लागेको रहिछ दुध ल्याएर खुवाएँ अनि फेरी पछि अनि केही बेर फ्रुटि ल्याएर खुवाएँ । त्यतिबेला त भाई मसँग राम्रै कुरा गरिरहेको थियो । अलिपछि खाना पनी खायो । केही समय पछि दाई मोबाइल दिनु भन्यो फेसबुक चलाउछु भन्यो अनि फेसबुक चलायो र ओन्स अपन अ टाईम फिलीङ स्याड भन्ने क्याप्सन लेखेर आफ्नो फोटो अपलोड गर्यो । घरमा अरु कसैको फोन लाग्दैनथ्यो तर एउटी बहीनीको भने लाग्थ्यो अनि उसैसँग कुराकानी गर्छु भन्यो र मैले फोन लगाईदिएँ कुरा पनि गर्यो ।

यत्तिकैमा उस्को छट्पटी बढ्दै गयो । उ बिस्तारै बेहोसी अवस्थामा पुग्यो । म आत्तिएँ अनि डक्टरलाई बोलाएँ, डाक्टर सँग सल्लाह मागेपछि आइसियू मा राख्नु पर्छ भने । अनि मैले ठाउँठाउँमा फोन गरे आई कहिँ कतै आईसियू पाइएन । बल्ल काठमाडाैँ हस्पिटलमा लिन लागेको थिए एकजना इण्डियन मुलका डाक्टर आए । भाइलाई बाहिर लैजान लागेको थाहा पाएपछि एक छिन रोक्न भने । उनले टिचिङ अस्पतालमा नै आईसीयुको व्यवस्था गरिदिए । अनि भाईलाई आईसीयुमा राखियो । मेरो भाई छटपटाई रहेको थियो । भाइको अवस्था त्यस्तो न घरमा केही खबर छ न केही मेरो दिमागले काम गर्ने छोडेको थियो । सहयोग गर्ने मान्छे कोही थिएनन् । कसलाई के भनेर सहयोग माग्नु । निष्ठुरी शहरमा । आफ्नो पासमा पैसा सकिन थालिसकेको थियो । डाक्टरले औषधि मात्रै ल्याउन पठाई रहेको थियो । जब रातीको साढे बाह्रबजेपछि औषधि मगाउन रोके । अनि खाना खानु प¥यो भनि अस्पतालबाट बाहिर गएँ तर केही पनि थिएन खाने चिज । सबै पसलहरु बन्द भईसकेका थिए । त्यो दिन भोकै बसे भोली पल्ट शनिवार थियो । औषधि किन्दा किन्दै पैसा पनि सकियो ।

स्वास्थ्य क्षेत्रकाे सुधारकाे कुरा गर्ने डा. गाेविन्द केसीले अाफूले पढाउने अथवा काम गर्ने अस्पतालभित्रकाे अवस्थाबारे जानकारी नभएकाे हाे कि ? देखेर पनि बेवास्ता गरेका हुन् ?

आइतबार १० बजे भित्रै पैसा पुग्ने थियो । शनिबारको राति ११ बजेतिर औषधि ल्याउन भनेर नर्सले पठाइन् । म सँग २ हजार रुपैयाँ मात्र थियो । त्यही रुपैयाँले नपुग्ने । औषधिको बिल ७ हजार आउथ्यो । के गरौँ कसो गरौँ भए । अस्पतालको फार्मेसीमा गएर भोली दिने बाचा गर्दापनि काम गर्ने बाहिनीले दिनै मानिन् । मनमनै सोँचे अस्पतालमा बस्नेहरुको मनमा अलिकति पनि मानवता हुने रहेछ ।

केही उपाय ननिकाली अस्पताल बाहिरका फार्मेसीमा गए । उता पनि केही उपाय सुल्झिएन । एक जना भलाद्मी जस्तो देखिने उमेरको हिसाबले पनि पाको व्यक्तिसँग आफ्नो समस्या राखे । उनसँग मेरो मोबाइल र लाइसेन्स राख्नु होस् भन्दा पनि मानेन् । उनले मेरो पीडा सुनेन् । मेरो भाइको ठाउँमा उनीहरुका आफन्त भएको भए के गर्थे होला उनीहरु ? यो सोच्ने फुर्सद कसैलाई थिएन । आखिर पैसामात्रै त रहेछ सम्बन्ध ।
‘छन् पैसा सबै मेरा, छैनन् पैसा सबै तेरा’ गाउँमा बुढापाकाहरुले भन्ने गरेको कुराको याद आयो । मैले कत्ति बिन्ति गर्दा पनि कसैले पनि एक रातको लागि उदारो औषधि दिन मानेन् । सबैसँग अनुरोध गर्दा जाँदा एक जना भाईले मेरो मोबाइल र लाइसेन्स राखेर दुई हजार बराबरको औषधि दिए । मैले ठूलो गुन माने ।

बिहान दश बजेभित्रै बहिनी रुपैयाँ पठाउने तयारीमा भएकी थिइन् । बिहान ७ बजे नै सिटिस्क्यान गर्नुपर्छ भन्दै बिल काटेर आउनु आदेश फेरि आयो । खल्तीमा एक सुको थिएन । राती भरि अनिदो र भोको तर पनि केही ठाउँमा फोन गरे केही सिप लागेन । दश बजेसम्मलाई पनि कसैबाट सिटि स्क्यानको लागि पैसा जुटेन ।

टिचिङ हस्पिटल हस्पिटलमा हामीजस्ता गरिबको त केही वास्ता नै हुँदैन खाली हुने खानेका बाहेक । भाइको त्यो छटपटी देख्दा म मरेतुल्य भएको थिएँ । आफ्नै देश पनि बिरानो लाग्न थाल्यो । कोही मनकारी मान्छे मैले भेटिन । यस्तो लाग्यो कि दैबले मलाई भनेर खुसीको संसार छोडिदिएनछन् । कहिँ कै मैले खुसी देखेन ।

मेरो भान्जा पेमासुन्डुपलाई सम्झे र ३ हजार रुपैयाँ लिएर आउ भने । यति बेला पनि दाजुलाई जस्तै गराइरहेका रहेछन् पापी डाक्टरले । भाईको ब्रेनडेथ भइसकेको रहेछ । तर, खर्च मात्र गराईरहेका थिए डक्टर । म भाई भएको ठाउँमा गए मनलाई थाम्नै सकिन रुन थाले । दुई जना उमेरले पाका दिदीले मलाई बोलाएर रुँदै भनिन् ‘कति राम्रो बाबु थियो । मेरो छोरा जस्तै थियो । बाच्ने भए हामीबाट दिने सबै सेवा दिने थियौँ’ भन्दै आँखाबाट आसु झार्दै मलाई सम्झाउन थाले ।

मेरा आँखले संसार देख्न छोडे, चारैतिर अँध्यारो र भाई अनुहार मात्रै देखिराखेको थिए । फेरि १ जना नर्स आइन बिल काटेर ल्याएर आउनु भनिन् । डाक्टरले अब औषधि नगर्नुहोस् भनिसकेका थिए । तर नर्सले बिल काटेर ल्याएर आउनु भनेपछि ति दुईवटी दिदीहरुले ति नर्सलाई रिसाउँदै यो भाईसँग पैसा छैन, कहाँबाट बिल काट्ने हो ? खर्च किन गराउछौँ ? डाक्टरले ब्रेनडेथ भईसकेको र औषधि उपचार रोक्नु होस भनिसकेको छ भनिन् । यतिबेला सम्म भाईले संसार छाडिसकेको रहेछ तर पनि मलाई अस्पतालले बिल कटाउन लगाउँदै थियो ।

मैले फेरि काठमाडौँबाट एक्लै फर्कनु पर्याे । दाई र पछि भाईसँगको सहकार्यको अन्त्य भयो । आफ्नो मनलाई बलियो बनाउनुछ भन्दा पनि भाईको विगतले मलाई निकै कमजोर बनायो । मेरो भन्दा पनि आमाबुबाको चिन्ता लाग्यो । कसरी सम्झाउने भनेर ।
दाई र भाईको उपचारमा अस्पताल र डाक्टरबाट जुन व्यवहारको भोगियो । त्यो अमानविय र सहन नसक्ने छ । तर के गर्ने हाम्रो देश यस्तै छ । कानून र सिंहदरबारले उनीहरुको सेवा गरिरहेको छ ।

स्वास्थ्य क्षेत्रकाे सुधारकाे कुरा गर्ने डा. गाेविन्द केसीले अाफूले पढाउने अथवा काम गर्ने अस्पतालभित्रकाे अवस्थाबारे जानकारी नभएकाे हाे कि ? देखेर पनि बेवास्ता गरेका हुन् ?

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

यातायात मन्त्रीले भारतकाे राष्ट्रिय गान गाएपछि…

ramesh - national-anthem-of-india

कैलाली । नेपाल सरकारका भाैतिक तथा यातायात मन्त्री, ठाउँ धनगढी, कार्यक्रम नेपालकै तर राष्ट्रिय गान भने भारतीय । बिहीबार धनगढीकाे क्याम्पस राेडमा अायाेजित कार्यक्रमका विशेष अतिथि थिए भाैतिक तथा यातायात मन्त्री रमेश लेखक । साेही कार्यक्रमका प्रमुख अतिथि थिए नेपालस्थित भारती राजदूत...

पार्टीकै पत्रकारले भने-सञ्चारमन्त्री महिला-मदिरामा बिके, कालोमोसो दल्छौँ

Ram-Karki-minister

काठमाडौँ । माओवादी केन्द्रका नेता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की र उनकै पार्टी निकट पत्रकारहरुबीचको अन्तरविरोध शिखरमा पुगेको छ । कार्कीले हरेक निर्णयमा पार्टी निकट पत्रकारहरुलाई बाइपास गर्ने गरेको आरोप प्रेस सेन्टरका नेताहरुले लगाउँदै आएका थिए । बिहीबारको मन्त्रिपरिषबाट रेडियो...

पार्टीकाे नामबाट ‘माअाेवाद’ हटाउने प्रस्तावसँगै दिल्लीबाट अायाे विप्लवलाई यस्ताे पत्र 

Bimal

कमरेड विप्लव अभिवादन । तपाईंले आउने महाधिवेशनबाट माओवाद छोड्ने प्रस्ताव गरेकाे समाचार सामाजिक सञ्जालमा देखेँ र केही पत्रिकामा समेत पढेँ । पार्टीको अधिकारिक निकायभित्र पनि केही छलफल गरेकाे पनि सुनेँ ।  याे समाचारले मलाई गम्भीर र भाबुक बनायाे । मैले तपाईंलाई चिनेको...