Dabali News

  • Ad

द्वन्द्व,प्रकृति र प्रेमको त्रिकोणात्मक संगम ‘लज्जावती’

news-photo-2

१ पुस

काठमाडौँ ।

शुक्रबार भक्तपुर साहित्यिक समाजको आयोजनामा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित छैठौं कृति उपन्यास ‘लज्जावती’ राजधानीको संवाद डबलीमा लोकार्पण भएको छ ।

पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि एवं समालोचक प्रा.डा. देवीप्रसाद सुवेदीले वर्तमान समाजलाई उपन्यासले प्रतिविम्वित गर्दै चरितार्थ गरेको धारणा रखे । साथै सुवेदीले विभिन्न आयामबाट औपन्यासक भाषाहरु उपन्यासमा प्रयोग गरिनु मुख्य विशेषता भएको बताए ।

प्रा.डा सुवेदीले जहाँपल सार्त, नित्से जस्ता विस्व चर्चित साहित्यकारहरुले सुरुवात गरेको अस्तित्ववादी धारलाई लेखक एवं सहित्यकार रसिकले समावेश गरकामा आफु हर्षित भएको पनि बताए ।

समारोहमा लेखक जितेन्द्र रसिकले आफ्नो उपन्यास विशेष गरेर आध्यात्मिक, सांसारिक र आधुनिक गरेर तीन किसिमका मानव चेतना र गतिविधिहरुको चित्रण गरेर उपन्यासको रचना गरेको बताए । रसिकले लज्जावतीलाई नेपाली समाज र मानव सभ्यताको थेसिस् र एन्टिथेसिसको टसलबाट जन्मिएको सिन्थसिसका रुपमा जीवन र जगतलाई लज्जावती उपन्यासमा चित्रण गरिएको बताए । ।

photo

त्यस्तै प्रध्यापक तथा समालोचक भगवानचन्द्र ज्ञवालीले पनि पुस्तकको समिक्षा गर्दै हाम्रो वर्तमान समाजमा हुने गरेको अपहरण, दण्ड,प्रेमजस्ता विषयहरु समावेश गरेर उपन्यासाई जिवन्त बनाएको बताए । साथै कलात्मकता र साहित्यात्मक पक्षले दर्शनलाई छोएको र जीवन दर्शनलाई पनि उपन्यासले समावेश गरेको धारणा राखे ।

news-photo-3

कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार एवं लेख दामोदर न्यौपानेले उपन्यासको सम्बन्धमा बोल्दै प्रकृति, द्वन्द्व र प्रेमको त्रिकोणात्मक विषयलाई साहित्यमा समावेश गरेकाले उपन्यास उत्कृष्ट रहेको धारणा राखे । न्यौपानेले दण्डहिनताले मानव जीवनमा पारेको प्रभावको बलियो प्रमाण नै लज्जावती उपन्यास भएको बताए ।

भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मनकर्मीले २२ ओटा खण्डमा विभाजित लज्जावती उपन्यासको प्रत्येक खण्डमा कथाको पूर्णता पाउनु रोचक विशेता रहेको बताए । त्यस्तै समाजकी विद्या चित्रकारले पनि पुस्तकमाथि धारणा राखिन् ।

news-photo-3

सहित्यकार रसिकको यो पहिलो उपन्यास हो । उनका यस अघि हृदयस्पर्शी छालहरु (गजल सङ्ग्रह–२०६३, तारापुञ्ज(फाँचल सङ्ग्रह–२०६५) एलियनको पृथ्वी भ्रमण(बालकथा सङ्ग्रह– २०७२, काफिया(गजल सङ्ग्रह २०७३) हावा फल्ने रुख (बाल चित्रकथा–२०७३) सहित ६ कृति प्रकाशित छन् । प्रकाशित छन् । उपन्यास ‘लज्जावती’ स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो भने भत्तःपुर साहित्यिक समाजले लोकार्पण गरेको हो ।

कृतिःलज्जावती
विधाः उपन्यास
लेखकः जितेन्द्र रसिक
प्रकाशक- वितरकः स्वदेश प्रकाशन प्रा.लि
आवरणः रोशन महत
मुल्य रू. ३००।–

9-1

कमिसन खाएर मिटर विगार्ने काँग्रेस-एमाले निकट १२ कर्मचारी पक्राउ 

pakrau

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारीलाई  प्रहरीले विद्युत चोरीकाे अाराेपमा पक्राउ गरेकाे छ । पक्राउन पर्नेमा नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १२ कर्मचारी र चार जना व्यवसायी छन् । कमिसन खाएर उद्याेगका मिटर विगारेर कम बिलिङ गर्ने बालाजु क्षेत्रका सुपरभाइजर सुमन श्रेष्ठसहित...

प्रधानमन्त्रीले भने-कठोर निर्णय लिनसक्छु

pm-prachanda

काठमाडौं प्रधानमन्त्री प्रचण्डले जाेखिम उठाएरै भएपनि चुनावकाे मिति घाेषणा गर्ने सक्ने बताएका छन् । अाइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अाफूले धेरै पटक जाेखिम लिएर निर्णय गरेकाे भन्दै चुनाव मिति घाेषणा गर्ने बताएका हुन् । उनले माघ १५ गतेभित्र सरकारले चुनावको मिति...

फेटोको दोस्रो साधारण सभा सम्पन्न

feto

काभ्रे । नाट्य संस्था महासंघ (फेटो) नेपाल काभ्रे शाखाकाे दोस्रो साधारण सभा  सम्पन भएकाे छ । बनेपामा अायाेजित एक कार्यक्रममा राप्रपा नेपालका काभ्रे सचिव राजेन्द्र केसीले कुनै पनि संस्था बलियो हुनको लागि समुहमा रहेका ब्यतिहरुको महवपूर्ण भूमिका रहने बताए । कार्यक्रमका प्रमुख...

क्रान्ति छाेडेर प्रचण्ड-बाबुराम विदेशीका तलुवा चाटिरहेका छन्ः विप्लव

biplav-prakask-chandra

काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव विप्लवले प्रचण्ड-बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेकाे बताएका छन् । उनले प्रचण्ड-बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिकाे यात्रा नराेकिने समेत बताए । अख्तियारकाे पूर्व प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे अभिनन्द कार्यक्रममा अाइतबार बाेल्दै विप्वले दलाल...