Dabali News

  • Ad

क, ख लेख्न सिक्दै जुनु (भिडियाे सहित)

junu

काठमाडाैँ ।

झापाकी जुनु गौतम नेपाली सांगीतिक क्षेत्रमा क, ख, ग, घ सिक्दै छन् । साहित्यकार झमक घिमिरेको ‘जीवनी काँडा की फुल’मा आधारित
नेपाली कथानक चलचित्र जीवन काँडाकी फुलमा समाबेश उक्त गीतबाट गायीका जुनु गौतम नेपाली सांगीतीक क्षेत्रमा प्रबेश गरेकी हुन् ।

प्रकाश शिवाकोटीको शब्द संगीतमा सो गीतमा जुनुले स्वर दिएकी हुन् । भारतमा बस्दै आएकी जुनुले केही हिन्दी बेंगोली र त्रिपुरी भाषाका गीत पनी गाईसकेकी छन् । उनकाे याे पहिलो नेपाली गीत हो । आफुलाई संगीतको विद्यार्थी भन्ने र आफ्नो आत्मसन्तुष्टीका निमित्त नै गायन क्षेत्रमा लागेकी बताउने जुनु हाल नेपालमै रहेर आफ्नो सांगीतीक भबिष्य पनि खोजिरहेकी छन् ।

बिस्तारै नेपाली मिडियाको खाेजीकाे पात्र बन्न सफल जुनुले सबैजनाको सहयोग पाए नेपाली संगीतमा केही गर्ने बताइन् । चलचित्र ‘जीवन काँडा की फुल’को मैले क लेख्न जाने गीतले उनलाई केही सांगीतिक कार्यक्रमहरुमा प्रस्तुतिको अवसर पनि जुराएको छ ।

नेपालमा पहिलो पटक सौन्दर्य प्रतियोगीता हुने

Road 2 Model

काठमाडौं । सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवा युवतीको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल २०१७’ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्था दाबी छ । सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको...

धुर्मुस-सुन्तलीले निर्माण सुरु गरे तेस्रो नमूना बस्ती

dhurmus-suntali

काठमाडौं । कलाकार सीतारमा कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले तेस्राे तेस्रो एकीकृत नमूना बस्ती निर्माण सुरु गरेका छन् । महोत्तरी, बर्दिवास नगरपालिका-२ स्थित मुसहर बस्तीमा उनीहरुले बस्ती निर्माण सुरु गरेका हुन् । नमूना बस्तीको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसहित...

वरिष्ठ नाट्यकर्मी विष्णुभक्तकाे अभिनयकै क्रममा निधन

biswbhakt

काठमाडाैँ । वरिष्ठ नाट्यकर्मी एवं अभिनेता विष्णुभक्त फुँयालको नाटक गर्दागर्दै निधन भएकाे छ । रङ्गमञ्चका अनुशासित फुँयालकाे नाटक ‘याज्ञवाल्क्य’मा अभिनय गर्दागर्दै नाचघरमा निधन भएको हाे । अभिनयकै क्रममा बेहाेस भएका फुँयाललाई उपचारकाे लागि वीर अस्पताल लगिएकाे थियाे । उपचारकै क्रममा उनकाे निधन...

कुलुंगको नयाँ भिडियाे अस्ट्रेलियाबाट सार्वजनिक 

lungur-new-vedio

काठमाडाैँ । सुगम संगीतमा एउटा राम्रो आशा लाग्दो गीत भर्खरै सार्बजनिक भएको छ । ‘तिम्रो माया लाग्दैन भन्न पनि सक्दिन म, तिमलाई माया गर्ने मान्छे बन्न पनि सक्दिन म’ बोलको गीतमा अस्ट्रेलियामा बस्दै आइरहेका गायक नरेन कुलुंगले  अवाज दिएका छन् । निष्प्रभ...