Dabali News

  • Ad

लज्जावतीः साइमनको आगमन

jitendra-rasic

अनियन्त्रित मन सम्हाल्नु भनेको बौलाहा घोंडाको लगाम पकड्नु भन्दा गाह्रो हुँदो रहेछ । त्यही परिवेश भित्र अति संवेदनशील मानिने मनको अव्यवस्थित लगाम सम्हाल्न हम्मे परेको छ मलाई । यी गमलामा पनि फुलाउनु छ मैले लज्जावतीलाई र पाखा पखेरीमा पनि तर म विगतमा जसरी लज्जावतीसँग खेल्दिनँ । किनकी मलाई भुलेर पनि फेरि उनको अस्तित्व नामेट गर्नु छैन । जहाँ म जीवनको अस्तित्व पाउँछु र गुमाउँछु । सायद पाउनु र गुमाउनु जीवनको रीत हुन सक्छ । मान्छे नचाहेरै पनि जीवन र यर्थाथबाट कायापलट हुनपुग्छ ।

हुन त जीवन एउटा मनोवेगहरूको संङग्रहभन्दा बढी अरु नहुन सक्छ । आवेगले त मान्छेलाई मनोरागी मात्रै बनाउँछ । त्यसो त जीवन आवेगहरूको पर्खाइपनि त होइन । तर पनि मान्छे असरल्ल पोखिन्छ आवेगका पहाडहरूबाट र विलाउँछ शून्यतामा । सधैं सधैंका लागि । अखिर जीवन जीवन नै हो शून्यता शून्यता नै । भन्छन् जीवन फूल हो । यस्लाई फुलाउन जान्नुपर्छ तर यसो भन्ने हृदयहरू पनि आज लज्जावती झार जस्तै ल¥याक लुरुक्क परेका छन् । जस्ले कालान्तरमा फूल त फुलाउँछ नै तर, आफै भने सधैं सरम मानेझैं कायापलटको बाटो समातेर जीवनको अस्तित्व नामेट गर्न पुग्छन्। म त्यही निस्सारपूर्ण र विसंगतीपूर्ण जीन्दगीलाई विशिष्टीकरण गर्नुपर्छ भन्ने मान्यता राख्ने एउटा हृदय । तर खैं…

‘वाल’ मा झुण्डाइएको विभिन्न अवस्थाका लज्जावतीका बोट र फूलहरूको तस्विर देखाउँदै भनें मैले,– ‘यो अस्तित्ववादी झार हो । सायद नित्सेले ईश्वरको मृत्युको घोषणा गरेपछि यो धर्तिमा आएको हुनसक्छ वा वीज ब्लेज पास्कल, हुरसेल र डिल्थीहरूले लज्जावतीको वीज छरेर गएको पनि हुनसक्छ ।

कसैले ढक्ढक्याएको ढोकाको आवाजले मेरों एकाग्रताको छालमा ढुङ्गा हिर्कायो । म छताछुल्ल तरङ्गिएको छालमा छरपस्टिएर लम्पट पर्न बाध्य भएँ । जहाँ झ्यालका सिसाहरू फुटेर छरपस्ट थिए ।

अपरिचित बोल्यो, ‘नमस्कार !’

मैले भनें– ‘यहाँलाई चिन्न सकिनँ’ । आँखाको चस्मा निकालेँ र पुछ्दै भनें, ‘के कति कामले पाउ कष्ट गर्नुभयो होला ?’
अपरिचित बोल्यो, ‘म साइमन’ । पुख्यौली नेपाल नै हो । तर अहिले अमेरिकामा स्थायी बसोबास गर्छु । काठमाडौंको लज्जावती बालगृहमा पुगेको थिएँ । चम्पा म्याडमले तपाइँको ठेगाना दिनुभयो र म यता डोरिएको हुँ ।
मैले शिष्टाचार दर्शाउँदै भनें, ‘भित्रै बसौं न ।’

कोठाभरि छरिएका गमलाका फूललाई छुँदै साइमन बोल्यो, यो कुन फूलको बोट हो क्षितीज जी, सबै गमलामा एउटै फूलका बोट देख्छु म । ल..ल यो त ओइलायो त, छुने वित्तिकै । कृत्रिम हो कि ? फरक फरक गमलामा फरक फरक फूलहरू हुनुपर्ने होइन र ! एक्लै बोलिरह्यो साइमन ।

‘माफ गर्नुहोला साइमन जी, अगाडिको सावधानी वोर्ड तपाइँले देख्नु नै भएन जस्तो लाग्यो । ‘डोन्ट टच इट’
मैले सावधानी वोर्ड देखाउँदै भनें, ‘यो लज्जावती फूल हो । भलै यस्लाई लज्जावती झारको रुपमा विश्लेषण पनि गरिन्छ । तर यसले सुन्दर फूल फुलाउँछ । तर कसैको हस्तक्षेप स्विकार्दैन । तपाइँको अमेरिकाको जस्तो कृत्रिमताले भरिएको छैन लज्जावती ‘इट्स रेल्ली नेचुरल’ किनकी, लज्जावती कृत्रिमताभित्रको सौन्दर्य स्विकार्दैन र कृत्रिमता भित्रको जीवनलाई पनि । सरी, क्षितीज जी, ‘इट्स इन्ट्रेस्टीङ प्लान्ट’ मेरो मनै हर्यो यसले । ‘साइमन बोल्यो ।’

साइमनले रुकस्याकबाट ल्यापटप व्याग निकाल्यो टि टेबलमा राख्दै बोल्यो,-‘मेरो मान्छे हरायो ।’ मलाई झनक्क रिस उठ्यो र भनिदिएँ – ‘त्यसो भए तपाइँ प्रहरी कहाँ जान सक्नुहुन्छ ? मैले तपाइँको हराएको मान्छेलाई यहाँ ‘किड्न्याप’ गरेर लुकाइराखेको छु र ?

‘वाल’ मा झुण्डाइएको विभिन्न अवस्थाका लज्जावतीका बोट र फूलहरूको तस्विर देखाउँदै भनें मैले,– ‘यो अस्तित्ववादी झार हो । सायद नित्सेले ईश्वरको मृत्युको घोषणा गरेपछि यो धर्तिमा आएको हुनसक्छ वा वीज ब्लेज पास्कल, हुरसेल र डिल्थीहरूले लज्जावतीको वीज छरेर गएको पनि हुनसक्छ । नत्र किन यो अरुको अस्तित्व स्विकार्दैन हँ ? फेरि लज्जावतीलाई यहाँ कसैले पूजा थालीमा राखेर मन्दिरमा विराजमान मूर्तिको शिरमा सिउँरिदिएको पनि त पाउँदिनँ म । त्यसैले मलाई त लाग्छ लज्जावतीलाई कतै मार्टिन हेड्गर पो ले नेपालमा ल्याएर पाखा पखेरीमा छरिदियो र यो अँकुरायो कि ।

सायद म यतिखेर आवेगमा थिएँ । साइमन मेरो अवेगलाई बाँध बाँध्न तम्सिएझैं गरि बोल्यो,– ‘क्षितीज जी, त्यो त जु.डी. गेटिएर, उनामोनो र बी फोन्डेनहरूलाई नै सोध्नु पर्ला ।

तर, तपाइँले त यस्लाई घरमै ल्याएर सजाउनु भएको छ जस्लाई मानिसहरू मन्दिरमा लगेर भगवानलाई चढाउन डर मान्छन् ।
मैले साइमनसँग लज्जावती बारे किन बहस गर्ने ? ह्या… छोडिदेऊ ती सब कुरा । मनमनै बेकारिएँ र भनें,– ‘साइमन जी मलाई भेट्न आउनुको कारण खोज्दैछु तपाइँसँग । ’

साइमनले रुकस्याकबाट ल्यापटप व्याग निकाल्यो टि टेबलमा राख्दै बोल्यो,-‘मेरो मान्छे हरायो ।’ मलाई झनक्क रिस उठ्यो र भनिदिएँ – ‘त्यसो भए तपाइँ प्रहरी कहाँ जान सक्नुहुन्छ ? मैले तपाइँको हराएको मान्छेलाई यहाँ ‘किड्न्याप’ गरेर लुकाइराखेको छु र ?

साइमन बोल्यो, ‘माफ गर्नुहोला क्षितिज जी, मैले सुनेको थिएँ मेरो हराएको मान्छे तपाइँ राम्रोसँग चिन्नुहुन्छ । त्यही थाहा पाएर तपाइँकहाँ बुझ्न मात्रै आएको हुँ । तपाईको मन दुखाउन आएको होइन ।’ मेरो विक्षिप्त मनलाई सान्त्वनाको मलम लगाएझैं गरि बोल्यो साइमन ।

ल्यापटप खुल्यो । उसले फोटो तर्फ देखाउँदै भन्यो,-‘लुँजला हो उनको नाम, मेरो विजनेस पार्टनर । त्यो भन्दा बढी उनी मेरो प्रेमिका । म साह्रै माया गर्थें उनलाई । तर उनी भने नेपालमै मेरो ‘व्याय फ्रेण्ड’ छ भन्थिन् र मेरो प्रर्पोजलाई रिजेक्ट गर्थिन् । मलाई उनको क्रियाकलाप ठट्टै मात्र लाग्थ्यो । धेरै समय बित्यो तर उनी अमेरिका फर्किनन् क्षितिज जी । केही समयको लागि नेपाल पुगेर आउँछु भनेर आएकी उनी फर्किनन् । आज म उनैलाई खोज्दै तपाइँको घरसम्म आइपुगेको छु । म अवाक् बनेर सुनिरहें मात्र साइमन बोल्दै गयो ।

final-lazzworti-2

‘म नेपाल आउँदा हरेकपटक कुनै न कुनै संस्थालाई सहयोग गरेर फर्कने गर्छु । यो पटक पनि लुँजलालाई नभेटेपछि निरास भएर अमेरिका फर्कनु अघि एक होटलवालाको सहयोगमा लज्जावती बालगृहमा पुगेको थिएँ । बालगृहका संचालक चम्पाले तपाइँसँग एकपटक भेट्न भनेपछि म यहाँ आइपुगेको हुँ । मलाई माफ गर्नु होला, क्षितिज जी ।

मैले भनें,– ‘अँ अरु के भनिन् चम्पाले ?’

साइमन बोल्यो,– ‘लुँजलाको बारे क्षितिज सरलाई केही थाहा हुन सक्छ भन्दै तपाइँको एड्रेस र लोकेसन दिइन् र म यहाँ आएँ ।’
मैले सुस्केरा हाल्दै भनें,– ‘यु आर लेट’

साइमन लज्जावती झार जस्तै खुम्चियो र सोध्यो,– के भयो क्षितिज जी ? लुँजलाको विहे भयो ?’ मलाई लुँजलाबारे साइमनलाई अब मुखले केही बताउनु थिएन र भनें,– ‘यो सब जान्न तिमीलाई अधिकार छ । लौ समाऊ यो पाण्डुलिपी यसमै पाउने छौं तिमीले लुँजलालाई ।’

  • शुक्रबार लाेकार्पण हुँदै गरेकाे उपन्यास लज्जावतीबाट साभार

मलाई मेरै माटोको रङ्ग मन पर्छ 

rishi-raj-baral

मलाई मेरै माटोको रङ्ग मन पर्छ । म यसैको गन्धमा रमाउँछु । म यसैको गन्धमा रमाउँछु । अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू वरिपरको परिवेश, व्यक्तिको...

हुम्लाको उत्पादन र जनजीवन

dipendra

नल्लाको झोलुङ्गे पुल तरेर त्यहाँको सुधारिएको सात घट्ट हेर्न जाँदा ल्वासुरका तन्नेरी धामी गोरखबहादुर शाहीसँग भेट भयो । उनले नल्लालहरुको जग्गा कम भएको र जिजुबाजेको दिनदेखि घट्ट कुरेर गुजारा टार्दै आएको जानकारी दिए । त्यहाँ लेख, माझा, छिप्रा, खर्पेलगाउँ र स्याप्नेबाट घट्ट...

थारु सम्बत् र नयाँ नेतृत्व चयन

unnati

“गंगा लहाए सब कुछ पाए, कुँवा लहाए थोर थार पाए, नल्का लहाए कुछ ना पाए” (नदिमा नुहाए सोँचेको सबै प्राप्त हुने, ईनारमा नुहाए केही मात्रमा प्राप्त हुने र धारामा नुहाए केही पनि नपाउने) भन्ने उखानले माघी र थारुहरूको ईतिहासलाई जाेडेकाे छ ।...

पशुपतिनाथकाे अाँगनमा यस्ताे भाेगियाे

mina

मन्दिर जाँदै हुनुहुन्छ हो ?  एउटा अपरिचित आवाज हावाले बेस्कन कानमा ठोकायो । मैले उत्तर दिए, हजुर दर्शन गरौँकी सोचेर आको ! समयले कहिले आस्तिक र कहिले नास्तिक बनाइ दिन्छ । आज म पनि दिल खोलेरै आस्तिक भैदिएकी छु, मानौँ मन्दिरको पुजाले...