Dabali News

  • Ad

नेपाल श्रीलंकासँग पराजित

acc-nepal-team1

३० मंसिर

काठमाडौं ।

टस जितेर नेपालले पहिला श्रीलंकालाई व्याटिङको निम्तो दिएको थियो । श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो ।

श्रीलंकाको तर्फबाट असिता बोयागोदाले सर्वाधिक ८३ रन बनाए । उनले १ सय २ बलको सामना गरेका थिए । यसैगरी असेन बन्दराले ४८ रन बनाए ।

खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरेका थिए । नेपालका कमलसिंह ऐरीले ८ ओभर बलिङ गर्दै ३ विकेट लिए भने पवन सर्राफले २ विकेट लिए ।

यसैगरी २ सय २८ रनको विजय लक्ष्य पाएको नेपालले ४९ दशमलव ३ बलमा अलआउट भयो । नेपालले ४९ दशमलव ३ ओभरमा २ सय २६ रन बनायो । तीन बल बाँकी हुँदा नेपाललाई जितको लागि २ रनको आवश्यकता थियो । श्रीलंकाका प्रविन जयविकर्माले दीपेन्द्रसिंह ऐरीलाई एलबिडब्ल्यु धरापमा पारेसँगै नेपालको सबै विकेट सकियो । र, नेपाल जितबाट टाढा रह्यो।

नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० रन बनाए ।

  • फाइल फाेटाे

प्रशिक्षक र खेलाडीले भने–सातौँ राष्ट्रिय खेलकुदमा नक्कली खेलाडी खेलाइयो

काठमाडौं । हालै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वैधानिकतामाथि नै प्रश्न चिह्न खडा भएको छ । प्रतियोगितामा फर्जी खेलाडीलाई सहभागिता गराएको प्रशिक्षक र खेलाडीले बताउँदै छानविनको लागि माग गरेका छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्लचबा ६९ केजी तौल समूहमा बक्सिङ खेलमा सहभागिता...

मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाकाे जित

messi

काठमाडौँ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पहिलो...

साक्षी पाएपछि कप्तान धोनीले क्रिकेटलाई गरे बाईबाई

dhoni-sakshi

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान महेन्द्र सिंह धोनीले राजीनामा दिएका छन् । उनले सन् २०१४ मा नै टेष्ट क्रिकेटबाट सन्यास लिईसकेका धोनीले वन डे र ट्वान्टी ट्वान्टी क्रिकेटको कप्तानबाट समेत बाहिरिएका छन् । इङ्ल्याण्डबिरुद्धको वन डे सिरिज सुरु हुन १० दिनमात्र...

आर्सनलले लगातर तीन गरेपछि हारबाट बच्याे 

arsanal

काठमाडौं । आर्सनलले लगातार तीन गाेल गरेपछि बर्नमाउथसँग हारबाट जाेगिएकाे छ ।  इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनललाई ३-० ले पछि पारेकाे थियाे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार खेलकाे ७० औं मिनेटमा अलेक्सीस सान्चेजको गोलमार्फत...