Dabali News

Ad

विचार, धर्म र राजनीति

समाजको संचालनका लागि धर्मको प्रादुर्भाब गरियो । यो आदर्शवादी दर्शनबाट निर्देशित छ । कालान्तरमा यो संस्कार र संस्कृतिमा रूपान्त्रण हुँदै जनताको मनोविज्ञानसँग जोडिन पुग्दछ । राजनीति र शक्ति मानव समाजको विकास निर्माणका लागि वा परिवर्तनका लागि प्रयोग गरिनु पर्ने हो । जित्नेहरूको इतिहास लेखिन्छ ।

धर्मलाई मानव समाजबाटनै व्याख्या गर्ने सवालमा आफ्नो अनुकुल शक्ति निर्माणका लागि वा ब्यक्तिवादी परिवारवाद र नस्लवादीको भविश्य निर्माणका लागि प्रयोग गरियो जसले निश्चित समयावधिसम्म नेतृत्व त गर्याे तर अवैज्ञानिकताका कारण जसले असमनता, भेदभाव र शक्तिको दुरूपयोग भयो । सुधारका प्रयासहरू भएका होलान तर सम्भव थिएन किन भने मुहाननै फोहार छ भने अरू सफा गर्नुुको के अर्थ ? दुनियामा दर्शन दुईवटा छन् (भौतिकवाद र आर्दशवाद) समाज यी दुई शिविरमा बाँडिएको छ ।

आर्दशवाद ले अदृष्य शक्तिबाट यो धर्ती संचालित छ र चेतनाबाट बस्तुको बिकास हुन्छ भन्दछ, जुन गलत छ । यो बिचार यो दर्शनको मुहान् हो । जब मुहान नै फोहोर छ भने धाराहरू सफा गर्नुको कुनै तुक छैन । ईसापूर्व ० देखी २०० सम्म मनुकाल भनिन्छ । ब्रहमाको मानसपुत्रको रूपमा मनुलाई मानिन्छ । श्रृकबेदले मनुलाई मानवका पिता र सृष्टिका प्रबर्तक भनेका छन् । ईश्वरले मानव समाजमा बढ्दो हिंसा, अपराध र अराजकतालाई ब्यवस्थापन गर्न प्रथम मनु र प्रथम महिला सतरूपालाई यो धर्तिमा पठाएको कथा छ ।

मनुलाई राजाको रूपमा कुर पन्जाब इलाकाबाट शासन गरिएको इतिहास हो । जहाँ लामो शासन गरिएको र राज्य संचालन ब्यवस्थाको लागि मनुले प्रतिपादन गरिएको नियमलाई नै मनुस्मृति भनिन्छ । पुराणमा महाभारत काल भन्दा २५ पिडि वा पाँच सय साल अगाडि मनुकाल रहेको भनी भनिएको छ । मनुस्मितिलाई बेदको संलेषणको रूपमा बुझाईएको छ । मनुस्मितिलाई धर्मशास्त्र पनि भनिन्छ । धर्ममा आधारित राज्य ब्यवस्था नै मनुस्मृति हो । मनुको राज्य संचालन ब्यवस्था धर्ममा आधारित भएकोले यसमा १ लाख स्लोक थियो जसलाई १२ हजारमा सम्पादन गरिएको छ । भारतीय समाजमा आधारित यो शास्त्रले मानव सभ्यताको बिकासमा ठुलो योगदान गरेको छ ।

मनु स्मृतिमा जगतको उत्पत्ति र संस्कार विधिको वर्णन, धर्म उपदेश सदाचार र बर्णश्रमबारे उल्लेख, मानिसले गर्ने कामको वर्णन,महिला सम्बन्धमा वर्णन,वनप्रस्त तथा संयास सम्बन्धमा वर्णन,राजनीति सम्बन्धि वर्णन,राज्यका नियम,राज धर्म,राजाको आबश्यकता र कर्तब्य,मन्त्री मन्डल तथा सैन्य संगठन,न्यायलयको संगठन र न्यायको ब्यवस्था र दण्ड व्यवस्था,वर्ण र वर्णशंकर र मृत्युपछि गरिने अनुष्ठान र संस्कार नै मुनु स्मृति ग्रन्थ हो । मनु स्मृतिमा मानव समाजको ब्यवस्थापनका लागि वा रक्षाका लागि ब्रह्मणले धर्मशास्त्रको रचना गरि मनुलाई दिईएको भनिएको छ । मनुको राज्य ब्यवस्था सम्बन्धि स्रोत धर्मनै हो र राजनीतिक शास्त्रको स्रोत पनि धर्म नै हो ।

बर्तमान युग धर्मले होइन बिज्ञान प्रबिधिले चल्छ । यति हँुदा हुदैपनि जनताको धार्मिक आस्थामा ठेस लगाउनु हुँदैन । धर्मका सकारात्मक पक्षहरूलाइ जीवन ब्यवहारमा लागू गर्दै धर्ममा देखिएका बिकृतिमा सुधार गर्नु आबश्यक छ ।

राज्य संचालन सम्बन्धमा मनु स्मृतिले राजालाई इश्वरको रूपमा व्याख्या गरेको छ । राजनीतिक शास्त्र राजामा निहित छ र दण्डसँग जोडिएको छ । धर्म,राजा र राजनीतिशास्त्रलाई मुख्य मानिएको छ । यसर्थ शासन संचालन गर्न र टिकाउनका लागि धर्मको बिकास गरिएको निष्कर्शमा पुग्न सकिन्छ । दुनियाँमा धेरै प्रकारको धर्महरूको अस्तित्व छ । हरेक धर्मको आ आफ्नै इतिहास र व्याख्या भेटिन्छ । धर्मका नामहरू फरक होलान तर विज्ञानको बिकास नभएको बेला मानव समाजलाई अनुसासनमा बाध्नमा सकारात्मक भुमिका नभएको भने होइन ।

जसरी एउटा अबोध बालक जन्मिदा निर्दाेष भएर जन्मिन्छ तर समाज को परिबेश र संकारद्वारा बालकको जीवन बुझाईमा परिवर्तन हुन्छ त्यसपछि मार्गचित्र कोर्दछ वा कोरिन्छ । प्रश्न के हो भने ? बालक के र कसरी बाच्दछ ? बालकले के गर्दछ ? सामाजिक जीवनमा कस्तो योगदान राख्दछ ? धर्मले समाजिक ब्यवस्थाको नेतृत्व गर्याे भन्नेमा कुनै शंका छैन तर नेतृत्व कसरी गरिएको थियो भन्नेमा बहस गर्न भने आबश्यक छ ? बि.सि.ई ५६३ देखि ४८३ सम्म गौतम बुद्धको योगदानको इतिहास यो धर्तीमा रहेको छ ।

भौतिकवादी विचारकको रूपमा स्थापित जसले दुःख र सुखको शुत्रधारलाई सिद्धान्तमा बिकास गरेर यो मानव सभ्यता विकासमा योगदानको एउटा इटा थपे । दुःख मानिसको साथी हो र दुखसँग खेल र त्यसैबाट आनन्द लिन सिक भन्ने मुल भाव यो उपहार पस्के । म कुनै भगुवान होईन मेरो मुर्ती बनाएर पुजा नगर्न उपदेश बाडे । उपदेश बिचार थियो तर पछिल्ला अनुन्यायीले गलत व्याख्या गरे जो हाल दुनियाँमा सबै भन्दा ठूला र धेरै मुर्ति गौतम बुद्धकै छ । हरेक मानिसको बिचारमा गौतम बुद्धको उपदेश पुग्न रोक लाग्यो जसका कारण अपराध बढ्यो,हिंसालाई बदवा दियो,मानिस मानिसबीच अविश्वास बढ्यो, तिनै मुर्तिको चोरी डकेटी बढ्यो । जो गौमत बुद्धको पुर्व स्पष्ट बुझाई देखिन्छ ।

प्रायः बिचारहरू धर्ममा बिकास भए,धर्महरू राजनीतिमा रूपान्तरण भए प्रत्यक्ष वा अप्रत्यक्ष । इतिहासको तथ्य नै यही भेटिन्छ । गतल मान्यताको बिरोध र राम्रो कुराको समर्थनलाई जीवन उपयोगिताको मार्ग बनाउने जिम्मा नयाँ पिँढीको काँधमा जान्छ । धर्मलाई आफ्ना कुत्सित चाहनाहरू पूरा गर्ने हतियार बनाउने प्रबृतिबाट सचेत हुन जरूरी छ । बर्तमान युग धर्मले होइन बिज्ञान प्रबिधिले चल्छ । यति हँुदा हुदैपनि जनताको धार्मिक आस्थामा ठेस लगाउनु हुँदैन । धर्मका सकारात्मक पक्षहरूलाइ जीवन ब्यवहारमा लागू गर्दै धर्ममा देखिएका बिकृतिमा सुधार गर्नु आबश्यक छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]