Dabali News

Ad

बेलायतमा विप्लव माअाेवादीकाे संगठन, अमेरिका र भारतकाे विराेध गर्ने निर्णय  

२८ मंसिर

लण्डन ।

नेकपा (माअाेवादी)निकट नेपाली जनप्रगतिशील मोर्चाले बेलायतमा पनि संगठन बिस्तार गरेकाे छ ।

बेलायतमा बस्दै अाएका नेपालीहरुले एकिकृत जनक्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्न उनीहरु संगठित भएका हुन् ।

नेपाली जनप्रगतिशील मोर्चा, युरोपका केन्द्रीय उपाध्यक्ष टि एन रिजालको संयोजकत्वमा दुइ सदस्य पछि थप्ने गरी एघार सदस्यीय समिति निर्माण गरेको भएकाे छ । हालै सम्पन्न भेलाले टिका साप्कोटा सदस्य सचिवलाई निर्वाचित  गरेकाे छ ।

त्यसैगरी समितिका अन्य सदस्यहरुमा नविन गौतम,कमला लिम्वु गुरुङ्ग,हिमालमान आङ्गवुहाङ्ग,दिलिप परियार,वुद्ध तमु र रमेश नेपाली रहेका छन् । भेलामा उपस्थिति नेपाली जनप्रगतिशील मोर्चा,युरोपका सल्लाहकार प्रेम पाठकले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यसमितिकाे पहिलाे बैठकले नविन साप्कोटा र डा. पि एन श्रेष्ठलाई मोर्चाको सल्लाहकारमा चयन गरेको छ ।

साेही बैठकले नेपाली जनताको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्ने, भारतीय विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेपको विरोध गर्ने,विश्वका न्यायप्रेमी जनताको आवाजहरुलाई समर्थन गर्ने, प्राकृतिक तथा अन्य विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने,मानवअधिकार उल्लंघनका घटनाहरुको विरोध गर्ने, बेलायतमा रहेका नेपालीहरुको स्थानीय समस्याहरुको समाधानमा सहयोग गर्ने निर्णय समेत गरेकाे अध्यक्ष रिजालले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]