Dabali News

Ad

जनप्रगतिशील मोर्चा मलेसियाले तीन जनालाई थावाङ पठाउने

२७ मंसिर

केयल (मलेसिया) ।

नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाको सचिवालयको पूर्ण बैठकले नेकपा (माओवादी)का आठौँ महाधिवेशनको लागि तीन जना प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

मंसिर २६ गते बसेको बैठले आगामी फागुन १ गतेदेखि सुरु हुने महाधिवेशनमा मोर्चाको नेतृत्व गर्दै सहसचिव अर्जुन सुवेदी पूर्व जनमुक्ति सेनाका कम्पनी कमान्डर हित बहादुर र सल्लाहकार मोहित थापालाई थवाङ पठाउने निर्णय गरेको हो ।

मोर्चाले महाधिवेशनको लागि आर्थिक संकलन गर्ने निर्णय समेत गरेको महासचिव टिकाराम ओलीले अनलाइन डबलीलाई जानकारी दिए ।
नेकपा (माओवादी)को मलेसिया शाखाका संयोजक महेश ओलीको उपस्थितिमा बसेको बैठकमा मोर्चाका अध्यक्ष सुमन श्रेष्ठले आर्थिक संकलन, प्रतिनिधि छनौट, समसामुहिक राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

आगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेकाे बैठकमा पार्टी संयोजक महेश ओली, मोर्चाका अध्यक्ष सुमन श्रेष्ठ, पूर्व जनसेना कमान्डर दिप किरण, सुगम मगर, हित बहादुर, दिलिप भट्टराई, सह–सचिव अर्जुन, वीरबहादुर रेशम भण्डारी सुवेदी, महासचिव टिकाराम ओलीले प्रवासी नेपालीहरूलाई एकजुट गराएर नेपालको परिवर्तनकारी आन्दोलनलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकले केही पूर्व जनसेना कमाण्डरलाई बिदाई गरेर नेपाल पठाएको छ ।

janapragatishil-malasiya-1

बैठकले सल्लाहकार मोहित थापा र केही पूर्व जनमुक्ति सेनाका सदस्यहरूलाई नेपाल पठाएको छ । उनीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरि विदाई गरिएको थियो । मलेसिया पाटी सयोजक महेस वली मोर्चा अध्यक्ष श्रेष्ठ महासचिव टिकाराम अाेलीले सामुहिक सम्मानपत्र दिँदै बिदाई गरेका थिए । उनीहरुले मलेसियामा रहँदा खेलेको भूमिकाप्रति माेर्चाले धन्यवाद दिएकाे थियाे ।

नेकपा (माओवादी)को आगामी फागुन १ गतेबाट सुरु हुन लागेको ‘आठौं महाधिवेशन सफल पार्न प्रवासमा पनि तयारीमा लागौं,युवाहरूलाई विदेशी गल्लीमा बेच्ने दलाल संसदीय ब्याबस्थाको भन्डाफोर गरौं भन्ने नारा पनि बैठकले तय गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]