Dabali News

Ad

माअाेवादी प्रवक्ता प्रकाण्ड गाउँगाउँ पसेर के गर्दैछन् ? (फाेटाेफिचर)

२७ मंसिर

कालिकाेट ।

नेकपा (माअाेवादी)का स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्‍ड यतिबेला कालिकाेट र मुगुका गाउँमा छन् ।

पार्टीले मंसिर १४ कालिकाेटकाे सदरमुकाम मान्ममा अायाेजना गरेकाे जनसभालाई सम्बाेधन गर्न प्रकाण्ड त्यसतर्फ हिँडेका थिए । उनी गाउँमा कार्यकर्तालाई प्रशिक्षण र जनतासँग भेटघाट गर्दै कालिकाेटबाट मुगु पुगेका छन् ।

पहिलाे  संविधानसभामा कालिकाेटबाट भारी मतले चुनाव जितेका प्रकाण्डलाई धेरै समयपछि गाउँमा जाने अवसर जुरेकाे हाे । जनयुद्ध कालकाे झल्काे अाउने गरी उनी गाउँगाउँमा पुगेर प्रशिक्ष दिइरहेका छन् ।

प्रवक्ता प्रकाकण्ड  मान्मकाे जनसभापछि बदालकोट-सिकु-राश्कोट-कोटबाडाका जनतासँग भेट र स्थानीय पार्टीलाई प्रशिक्षण दिँदै अाफू जन्मेकाे मालकाेट लामाे समयपछि पुगे । नेता गाउँमा पुगेका देख्दा स्थानीय पार्टी कार्यकर्ता मख्ख छन् भने जनताले गुनासाहरु सुनाउने अवसर पाएका छन् ।

स्थानीय पार्टीकाे अायाेजनामा मंसिर २१ गते अायाेजना गरिएकाे जनसभलाई सम्बाेधन गर्नुकाे साथै स्थानीय पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । कालिकोटकै बदालकोटस्थित सरस्वती माविको कक्षा ११ को कक्षा संचालनकाे उद्घाटन पनि गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका प्रकाण्डले मान्मस्थित सरकारी कार्यालयका प्रमुखलाई छिटाे-छरिचाे जनतालाई सेवा दिन निर्देशन दिएर गाउँ पसेका थिए । कालिकाेटका गाउँ र मुगुका गाउँ हुँदै मंसिर २५ गते नेकपा (माओवादी) मुगुकाे दोस्राे सम्मेलन उद्घाटन गर्न उनी सदरमुकाम गमगढी पुगेका हुन् ।

 

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad