Dabali News

  • Ad

दाेहाेरी गायीका अन्जुकाे निधन 

anju

२२ मंसिर

काठमाडौँ ।
लोक दोहोरी गायीका अन्जु शाही ठकुरीको निधन भएको छ ।
कैलालीको सुखड घर भएकी शाहीको टाइफाइडका कारण निधन भएको बताइएको छ ।
सानै उमेरमा लोक गीत क्षेत्रमा प्रवेश गरेकी शाहीको मंगलबार निधन हो । शाहीको निधनले सुदूरपश्चिमको लोक क्षेत्रलाई ठूलो क्षति पुर्याएको लोक गायक टंक तिमिल्सिनाले बताए ।
‘बहुप्रतिभाकी धनी अन्जुकाे निधनको खबरले हामीलाई दुःखी बनाएको छ, यसले सुदूरपश्चिमका साथै सिंगो लोकगीत क्षेत्रलाई क्षति पुगेको छ’ तिमिल्सिनाले अनलाइन डबलीसँग भने ।
शाहीले परिवार कालीकोटबाट कैलाली बसाइसराइ सरेपछि उनी पढाइसँगै कैलालीबाटै लोकगीतको क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
गायक टंकका अनुसार अन्जु गायीका मात्र नभएर नित्यकर्मी पनि हुन् ।

देश-समाजलाई केही दिन कलाकारितामा लागेकी हुँः गायीका भुमिका

bhumika 2

काठमाडौँ । गायीका भुमिका शाहले देश-समाज परिवर्तनको लागि आफू गीत-संगीत क्षेत्रमा लागेको बताउछन् । ‘के पाएँ, के गुमाएँ भन्दापनि देश र समाजलाई केहि दिन सक्छु कि भनेर गीत-संगीतमा लागेकी हुँ’ शाहले अनलाइन डबलीसँग भनिन् । चितवनको माडीमा जन्मेकी शाह स्कूल पढ्दादेखि नै...

बोक्सी कूप्रथाविरुद्धकाे चलचित्र ‘अग्निदहन’ सम्पादनमा 

boksi

काठमाडौँ । बोक्सा बोक्सी हुदैनन् र बोक्सा-बोक्सीको आरोपमा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सन्देश फैलाउने उद्देश्यले ‘राष्ट्रिय जागरण प्रतिष्ठान’ले बिगत केही बर्षदेखि कार्यक्रम गरिरहेकाे छ । बाेक्सीबारेकाे अन्धविश्वासविरुद्ध जनचेतना जगाउन ‘अग्निदहन’ चलचित्र ल्याउन लागेकाे छ । याे संस्थाले यसअघि ‘मान्छे बोक्सी हुन्न...

छक्कापन्जा पाइरेसी प्रकरणः दीपकराजकै ठूलाे स्वार

dipak-dipa-krishna

काठमाडाैँ । चलचित्र छक्कापन्जा पाइरेसीकै कारण अात्महत्या गरेका नवलपरासीका कृष्ण सुवेदीकाे पाेष्ट मार्टम रिपाेर्ट नअाउँदै दीपकराज गिरीले प्रहरीमा छानविनकाे लागि उजुरी दिएका छन् । छक्कापन्जका निर्माता गिरीकै धम्कीका कारण अात्महत्या गरेकाे अाराेप लागिरहेका बेला उनले शनिबार साे उजुरी दिएका हुन् । ‘जाे...

अज्ञात समूहकाे अाक्रमणमा परी गायक गाैतम घाइते 

basant

मलेसिया ।  गायक वसन्तराज गौतम अज्ञात समुहको आक्रमणबाट घाइते भएका छ्न । मलेसियाको क्वालालम्पुर कोतरायास्थित एक नेपाली रेष्टुरेण्टमा रहेका गौतममाथि आइतबार घरेलु हतियार प्रयोग गरी अाक्रमण भएकाे थियाे । अाक्रमणकारीकाे पहिचान हुन सकेकाे छैन् । भेरी गंगा म्युजिक प्रालीका प्रबन्ध निर्देशक समेत...