Dabali News

Ad

दश कक्षामा पढ्दै गरेकी ऋतु म्युजिक अवार्डकाे नाेमिनेशनमा, भाेटिङकाे लागि अनुराेध 

७ मंसिर 

सिन्धुपाल्चोक जिल्ला टेकान्पुर – ८ स्थायी घर भएकी ऋतु बोहरा बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि उत्कृष्ट म्युजिक भिडियोकाे मोडलमा नोमिनेशनमा परेकी छन् ।

कलाकार तथा संचारकर्मी राजु बोहराकी छाेरी ऋतुले आफ्नै बुबा र काब्य आचार्यले गएका गीतमा माेडलिङ गरेकी हुन् । बद्ध रमेश श्रेष्ठ र नवराज गौतमको ‘छुट्यो माया जाल’ लोक दोहोरी गीतबाट माेडलिङ सुरु गरेकी ऋतुलाई कम्पनीले अवार्डकाे लागि नमिनेशन गरेकाे छ ।

सानै उमेर भएर राम्राे कला भएकी ऋतु र दुर्गेश थापालाई बिन्ध्यबासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुबाश रेग्मीले  छनोट गरेका थिए ।

ऋतु र थापाले अभिनय गरेकाे ‘छुट्यो माया जाल’ म्युजिक भिडियो धेरै दर्शकहरुले मन पराएका कारण उत्कृष्ट मोडल दोहोरी तर्फबाट ऋतु बोहरा र दुर्गेश थापाको जोडी बिन्ध्यबासिनी म्युजिक अवार्ड को लागि नोमिनेशनमा परेको हो ।

ऋतुले हालै लक्ष्मी न्यौपानेद्वाराकाे स्वर रहेकाे ‘न्याउली चरी’ बोलको गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । यस वर्षको तीजलाई लक्षित ‘किन आएनन्’ बोलको गीतको म्युजिक भिडियोमा समेत उनकाे कला दर्शकमाझ पुगेकाे छ । ऋतु रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको हरेक शनिबार बेलुकी ५ बजे प्रसारण हुने ‘बाल प्रतिभा’ कार्यक्रम चलाइरहेकी छन् ।

ऋतु धुम्बाराहीस्थित इनसाइट भिजन स्कुलमा कक्षा १० मा पढ्दै छिन्। यति बेला उनि आफुले अभिनय गरेको पहिलो म्युजिक भिडियोले नै यति धेरै सफलता प्राप्त गरेकोले मख्ख छन् । उनले अाफूलाई अगाडि बढ्न अवार्डकाे जित्न सबैसँग भाेटिङकाे लागि अनुराेध गरेकी छन् ।

ऋतु बोहरा र दुर्गेश थापाकाे भाेटिङ काेर्ड BMA ( space ) 29A टाइप गरेर ३३००१ मा पठाउनु पर्ने छ ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]