Dabali News

  • Ad

भाइबरको कुराकानी असुरक्षित, भिडियो ब्ल्याकमेलिङको खतरा, ‘आउट कल’ सेवा गैरकानुनी

video_with-user1

२० असोज

काठमाडौँ ।

स्मार्टफोन एप भाइबरले ‘आउट कल’ दुई हप्तासम्म नेपाली प्रयोगकर्ताहरुको लागि साँझ ८ बजेदेखि १० बजेसम्म १० मिनेटको लागि निःशुल्क फोन सेवा दियो भनेर धेरै मानिसहरु खुशी भए र फोन पनि गरे ।

नेपाली सञ्चारमाध्यमले पनि ‘नयाँ अफर’ भन्दै निकै प्रचार गरे । त्यसले दूरसञ्चार क्षेत्रमा पार्ने असर र गोपनियताको दुरुपयोगबारे समाचारमा उल्लेख भएन । त्यही भएर सबै नेपालीले खुशी भएर १० मिनेटको भरपुर उपयोग गरे । यसबाट हुनसक्ने गोपनियता भङ्ग र गैरकानूनी तरिकाबारे जानकारी भएको भए यति ठूलो उपयोग र खुशियाली हुने थिएन ।

यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म नेपाली फोन नम्बरबाट १० मिनेटको लागि दिइएको सेवा गैरकानुनी र असुरक्षित भएको दूरसञ्चार क्षेत्रमा काम गर्ने इन्जिनियरले बताएका छन् । यतिसम्मकि यस्तो सेवा अपराधिक कार्यको लागि बढी उपयोग गर्ने गरेको उनले बताए ।

भाइबरमा भिडियो त भुलेर पनि नपठाउन उनी सुझाव दिन्छन् । भाइबरमा पठाएको भिडियो सन्देश ‘इन्क्रिप्ट’ नहुने भएकाले असुरक्षित हुने उनको तर्क छ । उनले आउट कल मात्र नभएर सावधानिकपूर्वक भइबर प्रयोग गर्न सुझाव दिन्छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ऐन नियममा रहेर मात्र फोन सेवा दिन मिल्छ तर भाइबरले भने दूरसञ्चार प्राधिकरणको ऐन नियमभन्दा बाहिरबाट फोन सेवा दिएकोले गैरकानुनी र असुरक्षित भएको हो । यसले नेपाललाई आर्थिक रुपमा नोक्सानी गराउनुको साथै अपराधिक गतिविधि बढाएको छ ।

भाइबरले नेपाली प्रयोगकर्तालाई अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, बु्रनाई, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यान्मार, नेदरल्यान्ड, न्यूजिल्यान्ड, नर्वे, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेयिबा, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीटजरल्यान्ड, ताइबान, ताजिकिस्तान, थाइल्यान्ड, टर्की, युएई, बेलायत, अमेरिकालगायत ५२ देशमा १० मिनेट निःशुल्क फोन सेवा दिएको थियो ।

भाइबरको यो सेवालाई नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व समालिसकेको एक वरिष्ठ इन्जिनियरले अपराधिक कार्य भनेका छन् । उनका अनुसार यसले राज्यलाई गम्भीर क्षति पुर्याएको छ । ‘भाइबरको आउट कल सेवा गैरकानुनी र असुरक्षित छ । यसले पुँजी पलायन गराउने र गोपनियता भङ्ग गर्न सक्ने भएकोले सरासर अपराधिक कार्य हो । सबैभन्दा ठूलो कुरा प्रयोगकर्ताको गोपनियता भङ्ग हुन गई गोप्य कुराकानी र भिडियो सन्देश ब्ल्याकमिलिङ हुन सक्छ’ उनले भने ।

भाइबरको रेकर्ड नेपालको नियमनकारी निकायको पहुँचभन्दा बाहिर भएकाले दुरुपयोग हुनेमा इन्जिनियरहरु विश्वस्त छन् । वरिष्ठ इन्जिनियर भन्छन् ‘१० मिनेट भनेको फोन गर्नेको लागि छोटो अवधि हो । अवधि छोटो भएकाले उपभोक्ताले मुख्य कुरा मात्र गर्न खोज्छन्, त्यसैले कुराकानीको ब्ल्याकमेलिङ हुने बढी सम्भावना हुन्छ ।’ कसैले चाहेमा भाइबरसँग सजिलै रेकर्ड लिन सक्ने भएकाले कुराकानी र भिडियो सन्देश दुरुपयोग हुने बढी खतरा रहेको उनको दाबी छ ।

viber1

यसबारे हाम्रो दूरसञ्चार प्राधिकरण मौन बसेपनि केही समय पहिले दुबईको दूरसञ्चार नियमनकारी निकाय टीआरएले भाइबर अवैधानिक र असुरक्षित भएको बताएको थियो । त्यस्तै अन्य देशमा भाइबरको निःशुल्क सेवालाई असुरक्षित भन्दै प्रयोग गर्दैनन् ।

नेपाल टेलिकमका एक उच्च अधिकारीले भाइबरले गैरकानुनी र असुरक्षित कार्य गरिरहँदा पनि नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणका चुप लागेको भन्दै आपत्ति जनाएका छन् । ‘नेपाल टेलिकमले जनआन्दोलनका घाइतेहरुलाई निःशुल्क सिमकार्ड वितरणमा अङ्कुश लगाउन खोज्ने प्राधिकरणका महाप्रबन्धक दिगम्बर झाले भइबरको गैरकानूनी क्रियाकलापलाई हेरेर बसेको देख्दा शंका पैदा भएको छ’ ती अधिकारीले भने । उनले भाइबरले अपराधलाई बढावा दिइरहेको बताए ।

नेपाल टेलिकमजस्ता फोन र मोबाइल सेवा दिएका कम्पनीहरुबाट फोन गर्दा सजिलै पत्ता लाग्ने तर भाइबरबाट फोन कहाँबाट आयो नदेखाउने हुनाले अपराधिक कार्य, गुण्डागर्दी डर धम्की, असुलीजस्ता अपराधमा संलग्नहरुले भाइबरको सेवाबाट बढी फाइदा लिइरहेका सुरक्षा अधिकारीको दाबी छ ।

नाम उल्लेख नगर्न भन्दै नेपाल टेलिकममा कार्यरत एक वरिष्ठ इन्जिनियरले त विश्वभरका अपराधीले बढी प्रयोग गर्ने भएकाले भइबरका प्रयोगकर्ताहरु धेरै भएको बताए ।

अहिले ४० लाख नेपालीले यो सेवा लिइरहेको भाइबरले दाबी गर्दै आएको छ ।

एनसेलबाट कर असुल्न सरकारलाई निर्देशन, संचारमन्त्रीदेखि प्राधिकरणका अध्यक्षसम्म मुछिए

ram karki-dibangar jha

काठमाडौं ।  एनसेलसँग कर असुलीप्रति अानाकानी गरिरहेकाे सरकारलाई तीन महिनाभित्र सबै कर असुल गर्न सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकाे अाइतबार बसेकाे बैठकले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र गत...

अब मोबाइलबाटै राहदानी फाराम भर्न सकिने

mobile

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्य दूतावासबाट निवेदन लिन थालिएको हो । विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको...

वर्ल्ड लिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, ५० प्रतिशत छुट

world-link

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले अंग्रेजी नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर ल्याएको छ । यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउनुको साथै निःशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी...

१ लाख ७० हजार आइफोनमा टेलिकमको फोरजी सेवा चल्ने

ntc-iphone

काठमाडौं । नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा आइफोनका सबै सेटहरुमा नचल्ने भएको छ । विश्वभरको चर्चित स्मार्टफोनमा फोरजी सेवाले काम नगर्ने भएपछि आइफोनका प्रयोगकर्ता निरास हुनु पर्दैन् । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले आफूहरु समस्या समाधानको लागि पहल गरिरहेको बताए ।...