Dabali News

Ad

मन्थली र चन्द्रनिगाहपुरमा प्रभुको नयाँ साखा

१९ असोज

काठमाडौं ।

मंगलबार देखि प्रभु बैंकले रामेछाप जिल्लाको मन्थली र रौतहट जिल्लाको चन्द«निगाहपुरमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएकोे छ ।

बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री प्रकास चन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री नरहरि बरालले छुट्टा छुट्टै समारोहका विच समुद्घाटन गर्नुभएको हो ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये खाडिचौर र बीरगंज शाखा कार्यालयलाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको हो ।

chapur

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले प्रेस विज्ञप्ति मर्फत जनाएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-460....
Email
onlinedabalis@gmail.com
newsdabali@gmail.com

Ad