Dabali News

  • Ad

खाना पकाउने ग्याँस किन तरल हुन्छ र गनाउँछ ? जानी राखौँ

lpg-gas-cylinder

१८ असोज

काठमाडौं ।

तपाईँ हाम्रो भान्सा कोठामा पाइने ग्याँसलाई एलपी ग्याँसले इन्धनका आवश्यकता पूर्ति गर्दै आएको कुरा त थाहा नै छ । तर यो किन तरल हुन्छ भन्ने कुरा जानकारी नहुन सक्छ । यसबारे हाम्रो पाठकलाई केही जानकारीको लागि यो सामाग्री पस्केका छौँ ।

एलपी ग्याँसको पूरा नाम हो ‘लिक्विफाइड पेट्रोलियम ग्यास’हो । यसको अविस्कार वा प्रयोग सन् १९०० को शुरुवातमा भएको हो । यो शब्द तरल ग्याँसको रुपमा रहने हाइड्रोकार्बनलाई जनाउन प्रयोग हुने गर्छ । यसमा प्रोपान र बुटान ग्याँस पर्दछन् ।

यसबाहेक अरु इथेन, पेन्टानजस्ता ग्याँसहरु पनि यही समूहको ग्याँसभित्र पर्दछन् । एलपी ग्याँसमा ग्याँस र तरल एकैचोटी मिसाइएको हुन्छ । वास्तवमा यही विशेषता अर्थात् ग्याँसलाई तरल रुपमा बनाईएका कारण नै एलपी ग्याँसले विश्वब्यापी रुपमा ब्यापक उपभोग हुन थालेको हो ।

सामान्य तापक्रम र चापमा एलपी ग्याँसको रुपमा पनि ग्याँस नै हुन्छ । तर यसलाई अति तीव्र चाप र चिसोपनाको मद्दतले तरल बनाईएको हुन्छ । यो तरल अवस्थामा रहँदा त्यो राखिएको भाँडोको चाप एउटा ट्रकको हावा भरिएको टायरको चापभन्दा दोब्बर हुने गर्छ । यसरी एलपी ग्याँसलाई तरल बनाउनुको एउटै कारण चाहिँ यसलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्न सजिलो होस वा थोरै ठाउँमा पनि धेरै ग्याँस अटाउन सकोस् भन्नु नै हो ।

एक युनिट एलपी ग्याँसले ग्याँस अवस्थामा रहेको एलपी ग्याँसको २ सय ७० युनिटले दिने बराबरको शक्ति दिन्छ । यसको अर्थ के हो भने ग्याँस अवस्थामा नै एलपी ग्याँसलाई राख्ने हो भने त्यसलाई राख्नको लागि २ सय ७० गुना बढी ठूलो भाँडो चाहिन्छ । हामीले खाना पकाउन तथा गाडीहरु चलाउन लगायत अन्य दैनिक जीवनमा प्रयोग हुने एलपी ग्याँसमा प्रोपान र बुटानको मिश्रण गराइएको हुन्छ ।

यो ग्याँस किन गन्हाउछ ?

वास्तवमा हामीले खाना पकाउनको लागि प्रयोग गर्ने एलपी ग्याँस प्राकृतिक अवस्थामा रहँदा गन्हाउँदैन किनकी यो गन्धरहित हुन्छ । तर सुरक्षाको दृष्टिकोणले घरायसी वा ब्यवसायिक प्रयोगमा ल्याउनका लागि त्यसमा हाइड्रोजन सल्फाइड वा मर्काप्टान नामक रसायन हालिएपछि गन्धहीन ग्याँस गन्हाउन थाल्छ । यो ग्याँस अत्यन्तै ज्वलनशील हुन्छ । अर्थात् आगोको सानो झिल्कामात्रै पनि यो बल्नका लागि पर्याप्त हुन्छ । –एजेन्सीहरुको सहयोगमा

यस्ता छन् महिलासँग भुलेर पनि सोध्न नहुने ६ कुराहरु !

bajopan

महिला र पुरुषबीचको सम्बन्ध सदियौं देखि बहस र विवादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । १. के म...

महिलालाई यसरी बनाइन्छ पुरुष (भिडियाे हेर्नुहाेस्) 

sex-change

काठमाडाैँ । विज्ञानकाे विकाससँगै महिलालाई पुरुष र पुरुषलाई महिला बनाइन्छ अर्थात लिंग परिवर्तन । याे कुरा तपाईँ हामीले समाचारमात्र सुनकाे छाैँ । महिला भएर जन्केका र अाफ्नाे पुरुष बन्ने धेरैकाे चाहना पूरा भएकाे छ । त्यसैगरी पुरुष भएर जन्मेका तर महिला बन्ने...

एक पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका महिलालाई गर्भवती बनाउन पुग्छ !

women

सम्भाेगका बारेमा सबैलाई जानकारी भएपनि यस भित्र लुकेका कुरा भने जानकारी नहुन सक्छ । महिला र पुरूषकाे प्रजनन क्षमता र अवस्थाबारे एक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेकाे छ । १. एक जना पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन पुग्छ ।...

साङ्लालाई तेजपत्ता र ल्वाङले यसरी भगाउनुहाेस् 

cockroach_pnp

काठमाडौँ । तपाईँको घरमा साङ्ला परेको छ भने कुनै ठूलो झन्झट गर्नु पर्दैन । न त औषधि नै किन्नु पर्छ । हाम्रै वरिपरि पाइने तेजपत्ता र ल्वाङले सजिलै साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तेजपत्ता तेजपत्ताको गन्धसँग साङ्लाहरु भाग्ने गर्छ । त्यसैले केही...