Dabali News

  • Ad

अष्ट्रेलियामा खिचिएको साहिलको ‘त्यो मन’ सार्वजनिक (भिडियासहित)

samjhana

११ असाेज

काठमाण्डौं ।

पहिलो एल्बम ‘प्रियसी’पछि गायक साहिल खड्काले आफ्नो दोश्रो एल्बमको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘प्रियसी २’ एल्बममा समावेश हुने ‘त्यो मनमा’बोलको पप गीतको म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन् ।

संगीत सिर्जना समेत गर्दै आएका साहिलले यो गीतको शब्द र संगीत आफै गरेका हुन् । म्युजिक एरेन्ज संगीतकार टंक बुढाथोकीको हो । भिडियोको सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको छ ।

‘यो गीतमार्फत बच्चादेखि वृद्धसम्म सबै उमेर समुहलाई साँचो प्रेमको एकतर्फी परिभाषा दिन खोजेको छु,’ गायक साहिलले भने, ‘गीतसंगीतमा सधैं केही नयाँ गरौं भन्ने मेरो चाहना हो । आशा छ यो गीतलाई पनि दर्शकले मनपराइदिनुहुनेछ । ’

सन्तोष गुरुङले निर्देशन गरेको गीतको भिडियोमा सम्झना तामाङ र केदार बरुवालले अभिनय गरेका छन् । निर्देशक सन्तोष र अनिल के मानन्धरले खिचेको भिडियोको सम्पादन सिलन लम्सालले गरेका हुन् ।

म्याग्दीका साहिल विगत चारवर्षदेखि नेपाली संगीत क्षेत्रमा संघर्षरत छन् । ‘प्रियसी–२’ एल्बममा जम्मा चारवटा गीत समावेश हुने साहिलले बताए ।

कृष्णकाे अात्महत्यासँग जाेडिएकाे ‘छक्का-पन्जा’ यस्ताे छ, नहेरेकाले पूरै चलचित्र हेर्नुहाेस्

cp

काठमाडाैँ । नेपाली चलचित्र ‘छक्का पन्जा’ सार्वजनिक गरेकाे अाराेपसँग जाेडिएर नवलपरासीका एक युवकले अात्महत्या नै गरे । त्यही छक्का पन्जा हेर्नुहाेस् ।...

३३ किलाे सुन तस्करी अाराेप अर्थमन्त्रीद्वारा स्वीकार ! ‘हामी त भुरेभारे मात्र’ (हेर्नुहाेस् भिडियाे)

krishana bahadur mahara

 काठमाडौं । केही दिनअघि त्रिभुवन विमानस्थलबाट प्रहरी समातेकाे ३३ किलाे सुन तस्करीकाे अाराेप उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले घुमाउराे भाषामा स्वीकार गरेका छन् । शुक्रबार पाेखरामा अायाेजित एक कार्यक्रममा मन्त्री महराले सबैलाई चकित हुने गरी सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ...

बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच डरलाग्दाे झडपकाे भिडियाे

butwal

बुटवल । सरकारले प्रदेशसकाे सीमा हेरफेरसहितकाे संविधान संशाेधन प्रस्ताव दर्ता गराएसँगै बुटवललगायतका क्षेत्रमा अान्दाेलन जारी छ । अान्दाेलनकाे केन्द्र बुटवल भएकाे छ । शुक्रबारकाे बृहत सभालाई सरकारकाे नेतृत्वकर्ता माअाेवादी केन्द्रका नेता टाेपबहादुर रायमाझी र नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सम्बाेधन गरेका छन्...

दश कक्षामा पढ्दै गरेकी ऋतु म्युजिक अवार्डकाे नाेमिनेशनमा, भाेटिङकाे लागि अनुराेध 

rituu

काठमाडाैँ । सिन्धुपाल्चोक जिल्ला टेकान्पुर – ८ स्थायी घर भएकी ऋतु बोहरा बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि उत्कृष्ट म्युजिक भिडियोकाे मोडलमा नोमिनेशनमा परेकी छन् । कलाकार तथा संचारकर्मी राजु बोहराकी छाेरी ऋतुले आफ्नै बुबा र काब्य आचार्यले गएका गीतमा माेडलिङ गरेकी...