Dabali News

Ad

महादेव जस्तै पतिकाे कामना गर्दै महिलाहरु तीज मनाउँदै

१९ भदौ

काठमाडौं ।

हिन्दू धर्मप्रति आस्था राख्ने महिलाहरुले आज हरितालिका तीज पर्व मनाइरहेका छन् ।

संस्कृत भाषामा ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेवलाई पति पाउने बरदान पाएको विश्वास गरिन्छ । पार्वतीका पिता हिमालयले पार्वतीको छोरीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेका थिए । तर, पार्वतीका साथीहरूले हरण गरेर लुकाएको ठाउँमै पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको धर्मशास्त्रीहरु बताउछन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् ।

काठमाडौँको पशुपतिनाथलगायत देशका विभिन्न शिव–महादेव मन्दिरहरुमा महिलाहरुको भिड लागेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]