Dabali News

  • Ad

प्रधानमन्त्री कार्यालयका कर्मचारीकाे जुवा खालमा प्रहरी दर्शक भएकाे भिडियाे, जुवारी कर्मचारीलाई कारवाही हाेला ? 

pm- office in juwa

१८ भदाै

काठमाडाैँ ।

देशकाे मुख्या प्रशासनिक निकाय त्यसमा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । देश विदेशका उच्च तहका मानिसहरु अाउने ठाउँ ।

जिम्मेवारीबाेधका साथ अनुशासनकाे पालन गर्नुपर्ने तर कर्मचारीहरु कार्यालय समयमै जुवा खेल्ने गरेकाे समाचार बाहिर अाएपछि  कर्मचारी खेलाबैला मच्चिएकाे छ ।

गएकाे बिहीबार समाचार अाएपछि प्रधानमन्त्री प्रचण्डले जुवा (तास) खेल्ने कर्मचारीलाई कारवाही गर्ने सार्वजनिक प्रतिक्रिया दिएपनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेकाे छैन ।

कर्मचारीले जे गरेपनि हुन्छ भन्ने दम्भकाे पराकाष्टा हाे याे दृश्य ।

पत्रकार दिनेशविक्रम शाहले कर्मचारीले जुवा खेल्दै गरेकाे दृश्य खिचिरहँदा उनीहरु भन्दै थिए, “खिचेर केही हुँदैन खिचखिच, अस्ती पनि खिचेको हो, के भयो र ?” । 

अर्थ मन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षसँगै रहेकाे कर्मचारी अाराम गर्ने कक्षमा कर्मचारीहरुले यसरी जुवा खेले भिडियाे हेर्नुहाेस् । 

संशोधनकाे बहानामा देशलाई विखण्डन गर्ने प्रयासः सचिव ज्ञवाली

Pradeep

म्याग्दी । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको बहानामा देशलाई विखण्डन र सामाजिक सद्भाव खल्बलाउने प्रयास भइरहेकाे बताएका छन् । प्रेस चौतारीले शनिबार म्याग्दीकाे बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै सचिव ज्ञवालीले राष्ट्रिय र सामाजिक एकता कायम गर्न एमालेले मेची–महाकाली अभियान सञ्चालन...

ट्र्याक्टर दुर्घटना हुँदा बालिकाको मृत्यु, दुई गम्भीर घाइते

Accident1

खोटाङ । ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको...

सांसदका विकासे याेजनाः बाँडीचुँडी खाउँ

sansad

बैतडी । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजनाहरु सांसहरुले मनपरी रुपमा छनाेट गरेका छन् । निर्देशिका विपरीत याेजना छनोट भएपछि चर्काे विराेध भइरहेकाे छ । सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप...

सुस्ताकाे विकासमा भारतीय अवरोध

susta 1

परासी । सुस्तामा निर्मित भौतिक पुर्वाधारका कार्यहरु भारतले अवरोध गरेकाे छ । सुस्तामा झुलुङ्गेपुल, तटबन्ध, बाटो, बस्ती विकासलगायत सम्पूर्ण विकास निर्माण कार्य बन्द भएका छन् ।  भारतकाे अवरोध हटाएर पुनः निर्माण कार्य  सुचार गराउन जिल्लाका सरकारी निकायले सुस्ताको अनुगमन गरेका छन् । नेपालको सीमाना...