Dabali News

  • Ad

महिला बन्दीकाे खान पकाउने ठाउँमा फाेहाेरः अायाेग 

nepalgunj karagar

१६ साउन

नेपालगन्ज ।

विभिन्न आरोपमा कारागारमा बन्दी जीवन बितराइरहेकाहरुले आफूहरुमाथि मानविय व्यवहार नभएको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँगको भेटमा उनीहरुले अत्यवश्यकीय मानवीय सेवा–सुविधाबाट समेत आफूहरु बञ्चित भएको बताए ।

नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीको अवसथाबारे जानकारी लिन आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीसँग कैदीले गुनासो राखेका हुन् ।

एउटै ठाउँमा क्षमता भन्दा धेरै कैदी राखिएको जसका कारण मानविय सेवा सुविधाबाट बञ्चित गरेर रकारले अमाविय व्यवहार गरेको शर्मा टोलीसँग बताए ।

कारागारमा रहेका कैदीबन्दीको अवस्थाबारेमा जानकारी लिएपछि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले क्षमताभन्दा बढी कैदी राखिएका कारण मानव अधिकारको हनन भएको बताए ।

आयोगको टोलीले कैदीहरुको सुत्ने कोठा, खाना खाने ठाउँ, खेल्ने, नुहाउँने, पुजापाठ गर्ने लगायतका ठाउँमा अनुगमन गरेको थियो ।

आयोगको टोलीले पुरुष बन्दीगृह तथा महिला बन्दीगृहको छुट्टाछुटटै अनुगमन गरेको थियो । अनुगमनको क्रममा आयोगको टोलीले महिला कैदी बन्दीको खाना पकाउने ठाउँमा फोहर पानीको निकास नभएका कारण फाेहर जमेकाे बताएको छ ।

आयोगले कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको अवस्था र उनिहरुको बस्ने कोठाको समेत अनुगमन गरेको छे ।

नेपालगन्ज कारागारमा हाल १४ जना नेपाल प्रहरी र २१ जना नेपाली सेना कार्यरत छन् । नेपालगन्ज कारागारमा एक नाबालक र ६२ महिलासहित ६ सय १६ कैदीबन्दि रहेका छन् ।

एनसेलबाट कर असुल्न सरकारलाई निर्देशन, संचारमन्त्रीदेखि प्राधिकरणका अध्यक्षसम्म मुछिए

ram karki-dibangar jha

काठमाडौं ।  एनसेलसँग कर असुलीप्रति अानाकानी गरिरहेकाे सरकारलाई तीन महिनाभित्र सबै कर असुल गर्न सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकाे अाइतबार बसेकाे बैठकले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र गत...

अब मोबाइलबाटै राहदानी फाराम भर्न सकिने

mobile

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्य दूतावासबाट निवेदन लिन थालिएको हो । विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको...

वर्ल्ड लिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, ५० प्रतिशत छुट

world-link

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले अंग्रेजी नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर ल्याएको छ । यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउनुको साथै निःशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी...

१ लाख ७० हजार आइफोनमा टेलिकमको फोरजी सेवा चल्ने

ntc-iphone

काठमाडौं । नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा आइफोनका सबै सेटहरुमा नचल्ने भएको छ । विश्वभरको चर्चित स्मार्टफोनमा फोरजी सेवाले काम नगर्ने भएपछि आइफोनका प्रयोगकर्ता निरास हुनु पर्दैन् । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले आफूहरु समस्या समाधानको लागि पहल गरिरहेको बताए ।...